यस्ता छन् जसपाका मन्त्री : तीन मधेसी, एक जनजाति

जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री पठाएको छ । काठमाडौंका सांसद राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा रेणुकुमारी यादव, रामसहाय प्रसाद यादव र महिन्द्र राय यादवलाई जसपाले सरकारमा पठाइएको छ । राजेन्द्र, महिन्द्र र रेणुकुमारी यसअघि पनि मन्त्री भएका थिए भने रामसहाय प्रसाद पहिलोपटक मन्त्री बनेका हुन् । मन्त्री छान्नका लागि निकै लामो सकसमा परेको जसपाले अन्तत  एकजना आदिवासी जनजाति र तीनजना मधेसी समुदायका नेताहरुलाई प्राथमिकता दिएको छ, जस