‘इद मुबारक !’ फोटो फिचर

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ। रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने विधि छ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने परम्परा छ।काठमाडौंको घण्टाघरस्थित कास्मिरे मस्जिदमा आइतबार बकर इद मनाउँदै गरेका मुस्लिम धर्मावलम्बी– 

सम्बन्धित सामग्री

इद मुबारक (फोटो फिचर)

२० वैशाख, काठमाडौं । आज देशभरका मुस्लिम समुदायले नजिकका मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ […]