काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैँको मुख्य दिन शुक्रबार विजया दशमी मनाइँदैछ। विजया दशमीमा आफ्ना मान्यजनका हातबाट टीका र जमरासँगै आर्शिवाद ग्रहण गरिँदैछ।असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व दशैँ हो। मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा दशैँ मनाउने परम्परा चल्दै आएको छ।घटस्थापना गरिएको स्थानमा थापिएको देवीलाई नै नवमीका दिनसम्म पूजा गरी विजया दशमीका दिन वि