काठमाडौं महानगरको ताकेता, धमाधम उठ्न थाल्यो कर

काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो ।  पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ लाख ३४ हजार असुल भएको कामपा राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए । “अहिलेसम्म जति पनि असुल भएको छ त्यो सबै मनोरञ्जन कर हो । अन्य कर तिर्नका लागि केहीले विवरण लिएर आएका छन् भने केही सम्पर्कमा समेत आएका छैनन्”, उनले भने ।कसले तिरे म

सम्बन्धित सामग्री

कर फर्छ्यौट आयोगको काममा भ्रष्टाचार, ३ पदाधिकारी दोषी ठहर

लामो समयदेखि उठ्न नसकेको राजस्व बक्यौतामा सांकेतिक छुट दिई कर उठाउने जिम्मेवारी पाएका कर फर्छ्यौट आयोगका पदाधिकारीहरुले नाम मात्रको कर उठाई ठूलो रकम छुट दिएको घटनालाई विशेष अदालतले भ्रष्टाचार मानेको छ ।

बालेनको निशानामा ३४ निकाय

काठमाडौं, भदौ २७। नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज सुरु गरेको छ। कामपाका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपैयाँ कर उठ्न बाँकी रहेको छ। कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार […]

कामपाको ध्यान, घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौं । अवैध रुपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । ९ वर्षको अवधिमा […]

महानगरको नजर अब ठूला करदातामा

११ संघ–संस्थाबाट मात्रै ५० करोड कर उठ्न बाँकी, विद्युत् प्राधिकरणकै १५ करोड बाँकी, प्राधिकरणको नाममा महानगरले काट्यो पत्र  काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गर्ने भएको छ । बुधबार फनपार्कलाई...

घानाको संसदमा कुटाकुट

काठमाडौं : विद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावको विषयमा घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा मुक्कामुक्की भएको छ। प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको हो । केहीले भने झगडा रोक्ने कोसिस गरेका थिए।स्थानीय सञ्चार माध्यमहरुले उपसभामुखल जोसेफ ओसेइ ‌ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्‌मा तनाव सुरु भएको बताएका छन् । संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए।स

१ खर्ब ७१ अर्ब रुपैयाँ बक्यौता कर उठ्न बाँकी

काठमाडौं, मंसिर १६ । सरकारले एक खर्ब ७१ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता कर उठाउन सकेको छैन । करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेर करदाताहरू अदालत जाँदा र समयमै करदाताले तिर्न बाँकी कर नतिर्दा ठूलो मात्रामा राज्यले कर उठाउन नसकेको हो । आन्तरिक राजस्व विभागको पछिल्लो प्रतिवेदनअनुसार न्यायिक निकायमा विचाराधीन रहेको र वास्तविक बक्यौतासमेत […]

रू. १ खर्ब ७१ अर्ब बक्यौता कर उठेन

काठमाडौं । सरकारले रू. १ खर्ब ७१ अर्बभन्दा बढी बक्यौता कर उठाउन सकेको छैन । करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेर करदाताहरू अदालत जाँदा र समयमै करदाताले तिर्न बाँकी कर नतिर्दा ठूलो मात्रामा राज्यले कर उठाउन नसकेको हो । आन्तरिक राजस्व विभागको पछिल्लो प्रतिवेदनअनुसार न्यायिक निकायमा विचाराधीन रहेको र वास्तविक बक्यौतासमेत गरी कुल बक्यौता रू.१ खर्ब ७१ अर्ब ३९ करोड ४६ लाख उठ्न सकेको छैन । विभागको बक्यौता तथा बेरुजू शाखाका अनुसार बक्यौतातर्फ आर्थिक वर्ष (आव) २०७७/७८ सम्ममा बक्यौता रू. ३९ अर्ब ४० करोड ६० लाख कर उठ्न सकेको छैन । कार्यालयहरूबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरवलोकन तथा न्यायिक निकायमा अपीलमा रहेको बक्यौता रकम रू. १ खर्ब ३१ अर्ब ९८ करोड ८५ लाख पुगेको छ । आव २०७७/७८ मा रू. १० अर्व १ करोड आयकर बक्यौता उठाउने लक्ष्य रहेकोमा रू.२ अर्व ५१ करोड असुल भएको छ । यो लक्ष्यको तुलनामा २५ प्रतिशत मात्रै असुली हो । यस्तै, मूल्य अभिवृद्धि करतर्फ रू.४ अर्ब ४७ करोड लक्ष्य रहेकोमा रू. ५ अर्व ४१ करोड असुल भै लक्ष्यको तुलनामा १२१ प्रतिशत प्रगति भएको छ । बक्यौता समायोजनअन्तर्गत आयकरतर्फ रू. २३ अर्ब ३५ करोड लक्ष्य रहेको थियो । यसमा रू. ६ अर्ब १३ करोड असुल भएको छ । यो लक्ष्यको तुलनामा २६ प्रतिशत प्रगति भएको हो । यसैअन्तर्गत मूल्य अभिवृद्धि करतर्फ रू. १० अर्ब ४५ करोड लक्ष्य रहेकोमा रू.४ अर्ब २८ करोड असुल भई लक्ष्यको ४१ प्रतिशत प्रगति भएको छ । शाखामा रहेको रेकर्डअनुसार बेरुजूतर्फ आव २०७७/७८ सम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरूको रू. २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार बेरुजू फछ्र्योट भएको छ । कुल बेरुजू रकम रू.४९ अर्ब ६१ करोड ४९ लाख १५ हजारमध्ये ५८ दशमलव १७ प्रतिशत बेरुजू फर्छ्याेट भएको छ भने कुल फछ्र्योट लक्ष्यको ७७ दशमलव ७८ प्रतिशत प्रगति प्राप्त भएको छ । विभागका सुचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार बक्यौता तथा बेरुजू आन्तरिक राजस्व विभाग तथा अन्तर्गत कार्यालयहरूको बेरुजू अभिलेख राख्ने, बेरुजू फछ्र्योटको मासिक तथा वार्षिक लक्ष्य निर्धारण गर्ने, बेरुजू फर्छ्योटको रणनीति तयार गर्ने, बेरुजू फर्छ्योटको प्रगति अनुगमन गर्ने, बेरुजू फर्छ्योटको मासिक प्रगति तयार गर्ने, महालेखा परीक्षकको प्रतिवेदनहरूको जवाफ तयार गर्ने काम बक्यौता शाखाबाट हुँदै आएको छ । बेरुजू फरफारक गर्न र बक्यौता उठाउन विभागले छुट्टै युनिट परिचालन गरेको छ र हरेक वर्ष प्रगति पनि राम्रै प्राप्त हुँदै गएको उनको दाबी छ ।

घरजग्गा तथा सम्पत्ति कर बुझाउन महानगरको ताकेता

काठमाडौं । महानगरभित्रका २० ठूला करदातालाई घरजग्गा तथा सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । घरजग्गा तथा सम्पत्ति कर नबुझाउने करदाताको कार्यालयमै गएर महानगरपालिकाले माइकिङ गर्न थालेको हो । असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरिए पनि करदाताहरू सम्पर्कमै नआएपछि माङकिङ शुरू गरिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार तोकिएको अवधिमा कर तिर्न नआए घर, पसल र व्यवसायमा शिल गर्ने तथा बाँकी राजस्व असुली गर्न कानूनी उपचार खोज्ने महानगरपालिकाको तयारी छ । ‘धेरै प्रयास गर्दा पनि करदाता सम्पर्कमै नआएकाले बाध्य भएर माइकिङ गर्दै सूचना टाँस्दै हिँडेका हौं,’ उनले भने । नाम सार्वजनिक गरिएका २० करदातामध्ये अहिलेसम्म वडा नं ११ मा रहेको एनआरटी क्लब र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज मात्र सम्पर्कमा आएका छन् । २० करदाताबाट मात्रै करीब ७० करोड रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी रहेको महानगरपालिकाले बताएको छ । राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधवार वडा नं ११ मा रहेको एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वडा नं १२ मा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्दै सूचना टाँसेको थियो । महानगरलाई करको विवरणसमेत नबुझाउने अन्य करदातामा वडा नं १४ मा रहेका आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कूल, वडा नं १५ मा रहेको मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ स्थित कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल रहेको महानगरपालिकाको कार्यालयले बताएको छ । यसैगरी वडा नं २२ मा रहेको आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ का काठमाडौं प्लाजा र नेपाल शेयर मार्केटका साथै वडा नं ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल छन् । यी करदातालाई कर तिर्न दिएको म्याद साउन १५ गते सकिने र सो अवधिमा कर दाखिला नगरे कानूनी उपचार खोज्ने तयारी महानगरको छ ।

चूडामणि शर्मा प्रकरणः कर फर्स्योट आयोगको औचित्यमै प्रश्न

काठमाडौं । चूडामणि शर्मा प्रकरण लम्बिँदै जाँदा कर फर्स्योट आयोगको औचित्यमै प्रश्न उठ्न थालेको छ ।

कर फर्छ्योट आयोगको औचित्यमै प्रश्न

काठमाडौं : चूडामणि शर्मा प्रकरण लम्बिँदै जाँदा कर फर्छ्योट आयोगको औचित्यमै प्रश्न उठ्न थालेको छ। आयोगका पदाधिकारीले मूल्य अभिवृद्धि कर (भ्याट) र माग नै नगरेका करदातालाई समेत कर मिनाहा गरेका दृष्टान्त सतहमा आउन थालेपछि आयोगको सान्दर्भिकता ह्रास हुँदै गएको छ। कर फर्छ्योट आयोग ऐन, २०३३ अनुसार २२ माघ २०७१ मा गठन गरिएको तीन सदस्यी...