सिवाईसी नेपाल लघुवित्तको नाफा करीब ५७ % घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तले रू. २ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५८ दशमलव ९७ प्रतिशत कम खुद नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएको कम्पनीले यस वर्ष रू. १ करोड ४७ लाखभन्दा बढी रकम छुट्याएको हो ।  खराब कर्जा संकलन पनि गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष रू. २ करोड ८० लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष खराब कर्जा संकलन गर्न सकेको छैन् । सञ्चालन नाफा गत वर्षको तुलनामा यस वर्ष ३९ दशमलव २८ प्रतिशत कम रू. ३ करोड ९० लाख भएको छ । हाल कम्पनीको चुक्तापूँँजी रू. १२ करोड १६ लाख ४१ हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ७४ लाखभन्दा बढी छ । कम्पनीले दोस्रो त्रैमासम्म रू. १ अर्ब ७७ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको निक्षेप करीब ४२ प्रतिशत र कर्जा प्रवाह करिब ४५ प्रतिशत बढी भएको छ । कम्पनीले यस वर्ष रू. १ अर्ब ५७ करोड ८६ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब १ करोड ५५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ७० प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ६२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३९ दशमलव २४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३३३ दशमलव ४३ छ ।  

सम्बन्धित सामग्री

सिवाईसी नेपाल लघुवित्तको नाफा ११.६० प्रतिशत घट्यो

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ११ दशमलव ६० प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड ३८ लाख नाफा कमाएकोमा चालू आवमा रू. २ करोड १० लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा २६ दशमलव ९७ प्रतिशत घटेको छ ।  कम्पनीको खुद  ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ८ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १२ करोड १४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १३ करोड १८ लाख पुगेको हो ।  कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २४ पैसा रहेकोमा चालू आवमा घटेर रू. १५ रुपैयाँ ८४ पैसामा सिमित भएको हो ।  चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ३० करोड ४५ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६७ दशमलव ५६ गुणा र प्रतिशेयर नेटवर्थ २ सय १४ रुपैयाँ ३२ पैसा रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ६४ लाख रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

सिवाईसी नेपाल लघुवित्तको खुद नाफा ८७.४३ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ दशलमव ४३ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवमा रू. १ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा रू. १९ लाखमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ८७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशलमव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले पनि नाफा प्रभावित भएको हो ।  गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २८ लाख २४ हजार रहेकोमा चालू आवमा बढेर रू. ४३ लाख २३ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १३ लाख ७६ हजार ऋणात्मक छ ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा रहेकोमा चालू आवमा घटेर २ रुपैयाँ ८६ पैसामा झरेको हो । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२१ दशमलव २३ र तरलता अनुपात ९ दशमलव ७५ प्रतिशत छ ।  चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडामा रू. ३२ करोड २९ लाख सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

लगातार तीन कारोबार दिनमा ५ % घट्यो नेप्से, किन हाबी भइरहेका छन् विक्रेता ?

काठमाडौं  । लगातार तीन कारोबार दिनमा नेप्से परिसूचक ५ दशमलव १४ प्रतिशत घटेको छ । गत बुधवारयता घटेको नेप्से त्यसपछिका कारोबार दिन आइतवार र सोमवार पनि घटेको हो । सोमवार नेप्से परिसूचक १ दशमलव ०२ प्रतिशत अर्थात् २१ दशमलव ३२ अंक घटेर २ हजार ७५ दशमलव ९७ विन्दुमा झरेको हो ।  परिसूचकसँगै कारोबार रकम पनि केही घटेको छ । यसअघिका केही दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार भने त्यो रकम ४ अर्बमा झरेको छ । असार मसान्त नजिकिँदै गर्दा बजार प्रभावित भएको जानकारहरू बताउँछन् । बढेको बजारमा केहीले नाफा बुक गर्दा र केहीले बैंकको साँवा–ब्याज र अन्य करहरू तिर्नका लागि शेयर बेच्दा बजारमा सेलिङ प्रेसर परेको जानकारहरूको भनाइ छ ।  सोमवार कारोबारमा आएका २७६ धितोपत्रको ९४ लाख १८ हजार ९५२ कित्ता शेयर ६४ हजार ८६८ पटकमा रू. ४ अर्ब ५ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र बिपि डब्लु लघुवित्तको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्य रू. १ हजार २८९ र बिपि डब्लु लघुवित्तको शेयर मूल्य रू. १ हजार ५५४ दशमलव ८० पुगेको छ ।  सोमवार सबैभन्दा बढी लक्ष्मी इक्वीटी फण्डका इकाईधनीहरूले गुमाएका छन् । यो फण्डको इकाई मूल्य ८ दशमलव ९५ प्रतिशत घटेको छ । यससँगै कम्पनीको इकाई मूल्य रू. ८ दशमलव ६५ मा झरेको छ । यो सूचीमा दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ७ दशमलव १३ प्रतिशत घटेर रू. ९२५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. २३ करोड ९४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य रू. ५३२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. २० करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ६६ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २ दशमलव ०७ प्रतिशत बढेको छ भने बाँकी सबै परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी जीवन बीमा समूह छ । उक्त समूहको परिसूचक १ दशमलव ८३ प्रतिशत घटेको छ । सोमवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ०७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०१ प्रतिशत घटेको हो ।