स्वास्थ्यकर्मीको सरुवा नगर्न आग्रह गर्दै सामान्य प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पत्र

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को महामारी भइरहेको बेला स्थानीय तहका स्वास्थ्यकर्मीलाई कहिँकतै सरुवा नगर्न संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ। मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै

सम्बन्धित सामग्री

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू : स्वास्थ्य मन्त्रालय

मंसिर १५,  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।             मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा संक्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए । उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।             ‘नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ’, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।             उनका अनुसार उक्त भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।             केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट साउथ अफ्रिका तथा एशियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ ।             मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउन पनि अनुरोध गरेको छ ।रासस

सतर्कता फेरि सतर्कता (सम्पादकीय)

युरोपलगायतका देशमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संस्करणले जनजीवन प्रभावित छ । यसै हप्ताबाट भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, गुजरातलगायतका राज्यस्थित विभिन्न सहरमा सङ्क्रमण बढेपछि कतिपय ती क्षेत्रमा लकडाउनसमेत गरिएको छ । भारतमा सङ्क्रमितको सङ्ख्या अस्वाभाविकरूपमा बढेपछि त्यसको दबाब र प्रभाव नेपालमा पर्ने देखिन्छ । लामो खुला सीमा, नागरिक स्तरमा हुने दिनहुँको आउजाउ, सामाजिक अन्तक्र्रियाका कारण भारतमा आउने यस्ता समस्याको प्रभाव नेपालमा पर्ने गर्छ । अवस्थाको मूल्याङ्कन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले भीडभाड हुने कुनै पनि किसिमका सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । केही समययता सङ्क्रमणको घट्दो दर, खोपको प्रयोगजस्ता कारण सर्वसाधारणले विगतको कोरोना कहर बिर्सिएजस्तो देखिन्छ । भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपाल उच्च जोखिममा पर्ने भएकाले सरकारले तत्कालै प्रभावकारी कदमको तयारी गरेको छ । पछिल्ला दिनमा कोरोनाबाट सुरक्षित रहन सामान्य होसियारी तथा सुरक्षात्मक विधि पनि अपनाइएको देखिँदैन । पहिलो लहरको कोरोना सङ्क्रमणका बेला कुन कुन सर्त र प्रावधान पूरा गरेर सार्वजनिक जीवन सुचारु गरिएको थियो भन्ने हेक्का आम नागरिकले बिर्सिएजस्तो देखिन्छ । सरकारले सार्वजनिक यातायातले पूरा गर्नुपर्ने स्वास्थ्य सुरक्षाका सर्त तोकेर यातायात सञ्चालनको अनुमति दिएको थियो तर त्यस्ता सर्त यात्रु तथा व्यवसायीले कति पालन गरेका छन् भन्ने स्पष्ट चित्र सार्वजनिक बसहरूमा देखिन्छ । यस्तो अवस्थामा आफू र परिवारका सदस्यको स्वास्थ्य सुरक्षाका लागि हरेक व्यक्तिले सुरक्षाका विधि अपनाउनै पर्छ । सरकारको निर्देशन र निर्णयभन्दा पनि आफँै सुरक्षित हुने सामान्य विधिमा नागरिकले ध्यान दिनैपर्छ । देशभर फागुपूर्णिमाजस्ता भीडभाड हुने खालका चाडवाड आउने क्रममा छन् । लामो समय रोकिएका कतिपय भीडभाडजन्य सार्वजनिक कार्य गर्नुपर्ने अवस्था पनि छ । विद्यार्थीको परीक्षाको तयारी छ । कतिपय यस्ता कार्यलाई पूर्णतः रोक्न सम्भव छैन तर अनावश्यक जुलुस, ¥याली, सभा, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय सञ्चालनमा सरोकारीहरू स्वयम् सचेत हुनपर्छ । हात धुने, मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यका सामान्य मापदण्ड पालनामा नागरिक आफँैले आफूलाई जिम्मेवार बनाउनुपर्छ ।

‘मलाई केही हुँदैन भन्ने भ्रम त्यागौँ, सङ्क्रमण भइ निको भएकाको कुरा सुनौँ’

काठमाण्डाै – सरकारले कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न आग्रह गरेको छ । 'मलाई केही हुन्न, म तन्दुरुस्त छु' भन्ने भ्रमका कारण कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ...