अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा श्रीलंकाले शीर्ष १२ मा दोस्रो जित हासिल गर्दै सेमिफाइनलको सम्भावना कायमै राख्दा अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। समूह १ अन्तर्गत ब्रिसवेनमा भएको आफ्नो चौथो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो। टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा १४५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ९ बलअगाडि नै लक्ष्य पूरा गर्यो। उसका लागि धनञ्जय डि सि