मुगु अस्पताल : ‘अस्पताल हो कि अस्तव्यस्त ताल’

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल र सचिव भोजराज शर्मासमक्ष मुगु अस्पतालका प्रमुखले गुनासैगुनासो पोखेका छन्।  बुधबार बिहान आयोजित एक कार्यक्रममा जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुंगानाले जिल्ला अस्पतालका...

सम्बन्धित सामग्री

मुगुमा जीवनजलको अभाव

मुगु ।  सदरमुकाममै रहेको जिल्ला अस्पताल मुगुमा जीवनजलकोअभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले नि:शुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ । मुगु अस्पतालमा जीवनजल समेत पाइन छाडेको विरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो […]

मुगु अस्पतालमा आठ महिनापछि विशेषज्ञ डाक्टर

काठमाडौँ । १५ शय्या र ५७ बेड रहेको जिल्लाको एक मात्र अस्पतालले आठ महिनापछि मात्रै विशेषज्ञ डाक्टर पाएको छ । गत मंसिरमा एमडिजिपी डाक्टर सिद्धार्थ खातीले छाडेपछि विशेषज्ञ डाक्टरको पद खाली भएको थियो । मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पताल पठाइएको छ । लामो समयदेखि विशेषज्ञ डाक्टर नहुँदा यहाँका […]

मुगु अस्पताल डेढ वर्षदेखि व्यवस्थापन समितिविहीन

जिल्लाको एक मात्र १५ शय्याको अस्पताल डेढ वर्षदेखि अस्पताल व्यवस्थापन समितिविहीन अवस्थामा छ । समितिको पदावधि सकिएको डेढ वर्षसम्म पदाधिकारी चयन नहुँदा अस्पताल प्रशासन सञ्चालन गर्न मुस्किल भएको छ ।

बिरामीले मुगु अस्पताल भरिभराउ

जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् ।  टाइफाइड, ज्वरो, झाडापखाला, निमोनिया लगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निम

मुगु अस्पताल औषधिविहीन

मुगुमकार्मारोङ गाउँपालिका–८ माग्रीगाउँकी ८६ वर्षीया छिरिङमिन्डिक तामाङ दुई सातादेखि जिल्ला अस्पतालमा उपचाररत छिन् । कडा ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेलगायत समस्या देखिएपछि एक दिन हिँडेर अस्पताल आएकी उनले आफ्नो उपचारमा लाग्ने सबै औषधि निजी मेडिकलबाट ल्याउनुपरेको छ ।

कर्णाली प्रदेशकाका पाँच ओटा अस्पताललाई ११ करोड

जेठ १७, सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका पाँच ओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो ।  कोभिड–१९, का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसियु र आइसियु भेन्टिलेटरको थप व्यवस्था गर्न उक्त रकम खर्च गरिने छ । सरकारले रुकुम पश्चिमको मुसिकोट अस्पताल, मुगु अस्पताल र सुर्खेतको मेहलकुना अस्पताललाई तीन/तीन करोड रुपैयाँ पठाएको छ ।  थप आइसियु भेन्टिलेटरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, र प्रदेश अस्पताल सुर्खेतलाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत रकम सुनिश्चित गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गरेको हो । सरकारले कर्णाली प्रदेशसहित देशभरका ४१ ओटा अस्पतालका लागि १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको हो ।

आइसीयू भेन्टिलेटर स्थापनार्थ ५० अस्पताललाई १ अर्ब ४१ करोड दिइने

काठमाडौं। अर्थ मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि देशभरका ५० वटा अस्पतालमा आइसीयू भेन्टिलेटर स्थापना गर्न एक अर्ब ४१ करोड उपलब्ध गराउने निर्णय गरेको छ। आइसीयू भेन्टिलेटर स्थापना गर्न रकम पाउने अस्पतालहरुमा मुसीकोट अस्पताल, मुगु अस्पताल, मेहलकुना अस्पताल, सेती प्रादेशिक अस्पताल, म्याग्दी अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, पाल्पा अस्पताल, महाकाली अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल आदि छन्।

कर्णालीका पाँच अस्पताललाई ११ करोड

सुर्खेत (अस) । संघीय सरकारले कर्णाली प्रदेशका पाँचओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो । कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पेडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न उक्त रकम खर्च गरिनेछ । सरकारले रुकुम पश्चिमको मुसिकोट अस्पताल, मुगु अस्पताल र सुर्खेतको मेहलकुना अस्पताललाई तीन/तीन करोड रुपैयाँ पठाएको छ । थप आईसीयू भेन्टिलेटरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पद्र शे अस्पताल सखु र्ते लाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत रकम सुनिश्चित गरिएको छ । सरकारले कर्णाली प्रदेशसहित देशभरका ४१ ओटा अस्पतालका लागि १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पेडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुलसीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको हो ।