विद्या भट्टराईले पनि दिइन् उपसभामुख पदमा उम्मेदवारी

काठमाडौं।नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।वाइसीएलले गभर्नरविरूद्ध अख्तियारमा उजुरी दर्ता गरेको छ।सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु हुन पुगेको छ।विराटनगरको तीनपैनीमा रहेकोे नाङ्लो रेष्टुरेन्टमा आगलागी,थप विवरण आउँन बाँकी र सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार भएका छन्।

सम्बन्धित सामग्री

उपसभामुख प्रतिपक्षकै हुनुपर्छः विद्या भट्टराई

काठमाडौं, ३१ असार । नेकपा एमालेकी सांसद विद्या भट्टराईले जित्ने आधार देखेर नै उपसभामुखमा उम्मेदवारी दिएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भनिन्, “संसदमा सबैभन्दा ठूलो दलका हिसाबले पनि नेकपा एमालेको उम्मेदवारी आवश्यक थियो । संसदमा प्रतिपक्षको महत्त्वपूर्ण भूमिका हुन्छ । संसदीय मूल्य, […]

प्रतिनिधिसभाले साढे २ वर्षपछि उपसभामुख पाउँदै

करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधि सभाले साढे २ वर्ष देखि रिक्त रहेको उपसभामुख पाउने भएको छ । रिक्त रहेको उपभामुख पदका लागि प्रतिनिधिसभामा शुक्रबार ३ बजे निर्वाचन हुँदैछ । उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षीबाट नेकपा (एमाले)की विद्या भट्टराई उम्मेदवार बनेकी छन् ।

एमालेकै मागअनुसार उपसभामुख पदको निर्वाचन हुँदैछ : विद्या भट्टराई

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदको उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो पार्टीकै मागअनुसार लामो समय रिक्त रहेको यस पदमा निर्वाचन हुन लागेको बताएकी छन् । उम्मेदवारी दर्ता गर्दै उनले एमालेले संसदमा गम्भीरताका साथ उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै आएको स्मरण गराएकी हुन् । उनले उपसभामुख भनेको संसद्को एक गरिमामय पद रहेको र आजबाट यसमा एउटा नयाँ कोर्स सुरु भएको जिकिर गरिन् । ‘समय कति भन्ने भन्दा पनि यसको गरिमा महत्त्वपूर्ण हो । संवैधानिक परिषद्को सदस्य उप

एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई अधिकारी

लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा कास्की क्षेत्र नं. २ की सांसद विद्या भट्टराई (अधिकारी)लाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिनुभएको छ । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतमले उपसभामुखको उम्मेदवारी …