युवा उद्यमशीलता विकास गर्न  सहकारी कानूनमा संशोधन जरुरी

काठमाडौं : सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन गर्नुपर्ने आवाज उठेको छ।राष्ट्रिय सहकारी महासंघले  आयोजना गरेको दुई दिने नेशनल युथ फोरमका अवसरमा सहभागीहरुले यस्तो बताएका हुन।युवाहरुलाई उद्यमशीलताका लागि प्रेरित गर्न सोही अनुरुपको कार्ययोजना जरुरी रहेको सहभागीहरुले माग राखे।शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न भएको उक्त फोरमले सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता  वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन र   कार्यविधिहरूको प

सम्बन्धित सामग्री

युवा उद्यमशीलता विकास गरी उत्पादन वृद्धिमा जोड

काठमाडौँ घोषणापत्र जारी गर्दै काठमाडौँमा सञ्चालन भएको दुई दिने ‘सहकारी उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन २०७८’ सम्पन्न भएको छ । सहकारीमार्फत युवाको उद्यमशीलता विकास गर्दै उत्पादन वृद्धि र आयात प्रतिस्थापन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल खम्बाका रूपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा सम्मेलन आयोजना भएको थियो । सहकारीमा युवाको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।