पहिलो नायिका भुवन अभिनित ‘पल पल’ सार्वजनिक

काठमाडौँं । नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द अभिनित म्युजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रहेको गीतमा गैरे शुरेषले संगीत भरेका छन् ।गीतको भिडियो पनि गीतकार तारा अधिकारीले आफ्नै निर्देशन गरेका हुन् । जसमा भुवनको अलवा निर्देशक अधिकारी, शिशिर भण्डारीको पनि अभिनय देख्न सकिन्छ ।  शिव ढकालको छायाँंकन, नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको गीतको भिडियो चन्द्र विनायक फिल्म प्रोडक्शनले निर्माण गरेको हो ।

सम्बन्धित सामग्री

एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’

काठमाडौँ– अहिलेको कुरा गर्ने हो भने हिन्दी फिल्मबाट सबैभन्दा बढी पारिश्रमिक बुझ्ने नायिका दीपिका पादुकोण हुन् । उनले एउटा फिल्मबाट ४० करोड भारुभन्दा बढी पारिश्रमिक लिन्छिन् । दीपिका ५०० करोड क्लबमा प्रवेश गरेको फिल्म ‘पठान’की नायिका पनि हुन् । उनी यो सफलता प्राप्त गर्ने ६ नायिका मध्ये एक हुन् । अहिले बलिउडमा दीपिका, सोनाक्षी सिंह, […]

नायिका निता ढुंगानालाई पितृशोक

काठमाडौं, १६ भदौ । नायिका नीता ढुंगानालाई पितृशोक परेको छ । ढुंगानाले आज (शनिबार) साँझ फेशबुकमार्फत बुवाको निधन भएको जनाएकी छिन् । उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको आज निधन भएको हो । नायिका ढुंगानाले स्वर्गीय बुवाको तस्विरसहित फेशबुकमा लेखेकी छिन्,‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान, मेरो बुबाको बैकुन्ठमा बास होस् ।’

नायिका निरुता सिंहले गरिन् विवाह

काठमाडौं, १६ भदौ । चर्चित नायिका निरुता सिंहले विवाह गरेकी छिन् । उनले भारत मुम्बईका सञ्जीव गुलाटीसँग लगनगाँठो कसेकी हुन् । नायिका सिंहले आफूले गत बिहीबार सञ्जीवसँग विवाह गरेको जानकारी गराएकी छिन् । पतिसँगको तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छिन्– मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर- परिवार, आफ़न्त तथा छर-छिमेकहरु , मेरा चलचित्र कर्मी […]

चलचित्र ‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्मा अनुबन्धित

काठमाडौं १७ पुष । । नायिका तथा निर्माता निता ढुगांनाको चलचित्र ‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्मा अनुबन्धित भएकी छन् । निता फिल्मस्बाट निर्माण हुन लागेको उक्त चलचित्रमा नायिका शर्मालाई स्वागत गर्न पाउँदा आफूहरु उत्साहित भएको निर्माता ढुगांनाले बताएकी छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,– ‘निता फिल्मस्बाट निर्माण हुनलागेको चलचित्र ‘ह्रस्वूदीर्घ’ मा कलाकारको रूपमा […]

मोडल फरिताको नायिका बन्ने सपना [फोटोफिचर]

काठमाडौँ : मोडल फरिता खड्का नायिका बन्ने धुनमा छिन् । पछिल्लो समय मोडलिङमा जमेकी उनी नायिका बन्ने सपना पालेर उदयपुरबाट काठमाडौँ आएकी हुन् । काठमाडौँमा झण्डै दशक संघर्ष पूरा गरेपछि उनी नायिका बन्ने सपना सफल हुने मनसाय राख्छिन् । म्युजिक भिडियोबाट राम्रै नोटिस भएकी उनी फिगर मेन्टेन गर्ने सक्ने मोडल हुन् । प्राय व्यवसायिक बन्न […]

नायिका मिरुना र फुर्पाबीच सहमति

काठमाडौँ – नायिका मिरुना मगर र फुर्वा तामाङबीच सहमति भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयको रहोबरमा फुर्वाले गल्ती स्वीकारेर माफी मागेपछि नायिका मगरले भाइ सम्झेर माफी दिएपछि यो मुद्दामा सहमति भएको छ। दुवै पक्षका साक्षीहरुको उपस्थितिमा अब आइन्दा यो मुद्दालाई अगाडि नबढाउने विषयमा सहमति भएको हो। मिरुनाका तर्फबाट चलचित्रका निर्देशक रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम […]

बाले भन्नुभयो–पर्दैन नायिका सायिका बन्न

एकदिन टिभी स्क्रीनमा हेर्दै मैले भनें, “बाबा म पनि यस्तै नायिका बन्छु नि है ?” बाबाले काँचै खाउँलाझैं गरी मलाई हेर्दै भन्नु भयो, “पर्दैन, नायिका सायिका बन्न । खुरुखुरु पढाइमा ध्यान दिने । पछि गएर धेरै पढेर नाम कमाउनु पर्छ ।” नाच्ने र गाउने भनेपछि हुरुक्कै हुन्थे म । स्कुलमा कुनै कार्यक्रम भयो भने अवश्य भाग लिन्थें । खेलकुदतिर नि उत्तिकै उत्साहित हुन्थ्यो मन । पहिले पहिले त टिभी हेर्न नि अनेक बहाना चाहिन्थ्यो, अहिलेको जस्तो हात हातमा मोबाइल कहाँ थियो र ? टिभी हेर्दै गृहकार

युट्युबरबिरुद्ध नायिका रेखा थापाद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौँ- नायिका रेखा थापाले आफूलाई गालीगलौज गरेको भन्दै एक युट्युबविरूद्ध प्रहरीमा निवेदन दिएकी छन्। युट्युब मार्फत तथानाम गालीगलौज गरेको भन्दै नायिका थापाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएको ब्युरोका प्रवक्ता तथा एसएसपी नबिन्द अर्यालले बताएका छन्। ‘उनका आफन्तले प्रहरीसामु उपस्थित भएर निवेदन दिनुभएको हो,‘ उनले शुक्रबार दिउँसो भने, ‘निवेदन भर्खरै मात्र आएको हो, त्यसैले प्रारम्भिक अनुसन्धानकै क्रममा छौं।‘ […]

नायिका परमिताले दिइन् यस्तो चेतावनी

काठमाडौं, १३ पुस । नेपाली फिल्म ‘चपली हाइट २’ बाट फिल्म उद्योगमा डेब्यु गरेकी नायिका हुन्–परमिता राज्यलक्ष्मी राणा । नायिका राणाले आफुलाई पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक गर्ने चेतावानी दिएकी छिन् । राणाले सामाजिक सञ्जाल इन्स्टाग्राम अकाउन्टको स्टोरीमा मोडलिङ र अभिनय गरेबापतको पारिश्रमिक नपाएको भन्दै नाम नै सार्वजनिक गर्ने चेतावनी दिएकी हुन् । समयमा नै पारिश्रमिक […]