२३ वर्षअघिको यो गीत जुन तिहारको आइकन बन्यो

काठमाडौं : २०५० सालको कुनै दिन। यादव खरेललाई शम्भु प्रधानले भेटेर भने- 'दाइ एउटा गीत लेख्दिनु पर्‍यो।' आफ्ना मित्रसमेत रहेका चलचित्र निर्देशक शम्भु प्रधानको आग्रह उनले टार्न सक्ने कुरै थिएन। शम्भु चलचित्र 'स्वर्ग' को निर्देशनमा व्यस्त थिए। यही फिल्मको लागि उनलाई गीत चाहिएको थियो। शम्भुले फिल्मको दृश्य पनि सुनाए। नायिका नायकको घरमा भैलो खेल्न गएकी हुन्छे। त्यहीँ देउसीभैलो भट्याउँदा उसले प्रेमका कुरा पनि गर्छे। र, नायक-नायिकाबीच प्रेम हुन्छ।  शम्भुलाई यही 'सिन' का लागि गीत चाहिएको थियो। गीतमा प्रेम र संस्कृति दुबै हुनुपर्ने शम्भुको माग थियो। लोचन भट्टराई र नूतन प्रधानको स्वर तथा शम्भुजित बास्कोटाको स्वरमा रहेको यो गीत यति सदाबहार बन्यो कि हरेक तिहारको 'आइकन' गीत बन्यो।  हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको हे औँसी बार गाई तिहर भैलो.... यादव खरेल आफूले लेखेको यही गीतको रचनागर्भ थाहाखबरलाई सुनाउँदै थिए। पशुपतिनाथ मन्दिर पछाडि गौरीघाटबाट अलि अगाडि टुसाल मार्गको छेउमा छ खरेलको घर। उनी कुनै कार्यक्रममा जाने तयारीमा थिए। तिहारको माहोल। यो बेला बजिरहने र सबैले गुनगुनाइरहने गीत 'तिहारै आयो, लौ झिलीमिली, सुन हजुर…' सम्झाएपछि उनले एकछिन सोचे।  'ए, यो त मैले कहिले लेखेको थाहै भएन' यति भनिनसक्दै उनले मोबाइल उठाए र कतै फोन लगाए। उनले 'स्वर्ग' का निर्देशक शम्भु प्रधानलाई फोन गरेका थिए। कहीबेर भलाकुसारीपछि उनले सोधे- 'शम्भु भाइ, स्वर्ग फिल्म कहिले बनाउनुभएको हो रे?' फोन वार्ता टुंग्याएपछि उनले भने- 'ए, सन् १९९३ मा बनाएको फिल्म हो यो त !' गीत आजभन्दा २३ वर्ष पहिले लेखिएको थियो। २०५० सालमा। महिना भने खरेलले बिर्सेछन्। ' ओहो, कुन महिना थियो त्यो त भन्न गाह्रो', उनले भने, 'सायद तिहार आउने बेला फिल्म रिलिज हुँदै थियो कि। त्यै माहोल होला।'  गीत श्रोताको मनमा बस्यो शम्भूले लोचन भट्टराई र नूतन प्रधानको स्वरमा रहेको उक्त गीतमा गौरी मल्ल र शिव श्रेष्ठ लगायत कलाकारलाई अभिनय गर्न लगाए। अनि गीत दर्शक श्रोताकहाँ पुग्यो। दर्शक श्रोताले मन पराए। 'ठिकठिकै छ भनेर लेखेको थिएँ। दर्शक श्रोताले मन पराइदिए', खरेल भन्छन्, 'दुई दशकपछि पनि यही गीत गाएर देउसीभैलो खेलिरहेका छन्। श्रोता न्यायाधीशको मनमा बस्यो गीत।' गीतमा तिहारको झिलीमिलीको व्याख्या छ। अलिकति प्रेमको कुरा पनि छ जसलाई खरेल 'कथाको माग' भन्न रुचाउँछन्। 'तर सांस्कृतिक पक्ष नभएको भए यति लामो समयसम्म तानिँदैनथ्यो', उनले भने। गीतमा समाज गीतका शब्दमा गाउँले परिवेशलाई व्याख्या गरिएको छ। 'हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको…' गीतले गाउँको ब्याख्या गर्छ। अनि तिहारमा हुने 'झिलीमिली बत्ती' ब्याख्या गरिएको छ। गीतले झिलीमिलीको मात्र कुरा गर्दैन, लाहुर जानेहरुलाई सन्देश पनि छ। 'मेरो हजुर नजाउ लाहुर, नेपालमा पाइन्छ जागिर…' त्यतिबेलाको लाहुर जाने परिस्थिति गीतमा पोखिएको छ। देउसी खेल्न आएका उनीहरु मनका धनी नभेटेपछि मन दुखाएर फर्केको कुरा पनि गीतमा छ- 'टाढाका हामी धाएर आयौँ, हाम्रो त घर हो गैरीगाउँ ! मनका धनी रैनछन् यहाँ, हिँड है साथी फर्की जाँउ।' त्यो तिहार, यो तिहार सहरका चोकचोकमा 'तिहारै आयो, लौ झिलीमिलि…'  गीत बजेको छ। रेडियो, टिभी, इन्टरनेट, मोबाइल जता सुने पनि भयो, सुविधा अनुसार। तर त्यतिबेला काठमाडौंबासीकै पनि सञ्चारमा पहुँच थिएन। 'अहिले तपाईँको हातमा इन्टरनेट छ,यानेकि संसार छ' उनले भने, 'त्यो बेला डिजिटल युग थिएन, जुन अहिले छ। अहिलेको आमसञ्चार र प्रविधिको विकास त झनै परको कुरा!'  खरेल देउसीभैलो खेल्ने परम्पराबारे बुझाउन उतिबेला र यतिबेलाको तुलना गरिरहेका थिए। 'त्यतिबेला रातभर र बिहान हुन्जेल भैलो खेल्थे', उनी भन्छन्, 'त्यो देउसीभैलोमा संस्कृति हुन्थ्यो।' अहिलेजस्तो १० बजेपछि देउसी भैलो खेल्न रोक थिएन। बरु धेरै महिलाहरु दिउसो आउँथे, राती खेल्न आउनेहरु धेरै पुरुष हुन्थे।  अहिले देउसी भैलो खेल्ने कुरा संस्कृति भन्दा पनि पैसा कमाउने मेलो भएको अनुभूति छ खरेलको। 'त्यतिबेला देउसी भैलो खेल्नेले आशिष दिन्थे। अनि घरबेटीले थालमा सेलरोटी, फूलपाती, अक्षता, पैसा र बीचमा दीप राखिदिन्थे', उनी भन्छन्, 'अहिलेका दशैंमा संघसंस्था आउँछन्, पैसामात्र ध्यानमा हुन्छ।' गुनासोभन्दा पनि उनले यसलाई समयको परिवर्तन भन्न रुचाउँछन्। भन्छन्- 'दुनिया बदलिइरहेको छ।' घरदेखि दार्जिलिङसम्म आफ्नै गीत सुन्दा देउसी भैलो खेल्नेहरु यही गीत भट्याउँदै खरेलको आँगन टेक्छन् हरेक वर्ष। 'एक वर्ष त ७३ भन्दा बढी टोली आएका थिए', खरेलले तिहारमा उनको आगन टेक्ने टोलीको रेकर्ड राखेका रहेछन्। साना ठूला गरी अहिले पनि उनको आँगनमा ५० भन्दा बढी टोली आउछन्। गीत गाउँछन्, नाच्छन् र जान्छन्। 'यहाँ आउने नयाँ जेनेरेसनले पनि यहीँ गीत गाइरहेका हुन्छन्', हाँस्दै उनले भने। उनले यो गीतको आफ्नो आँगनदेखि भारतको दार्जिलिङसम्म सुनेका छन्। 'एक चोटी दार्जिलिङ र पश्चिम बंगाल जाँदा पनि यही गीतमा देउसी भैलो खेलेको भेटेको थिएँ', उनले सुनाए। नेपाली पुगेको विश्वको हरेक ठाउँमा यो बज्छ भन्ने उनको अनुमान छ।  तर, खरेलले नै भने यो गीत गाउँदै देउसी खेलेका छैनन्। खरेल आफैले देउसी नखेले पनि उनका शब्दले विगत २ दशकदेखि देउसी खेलिरहेका छन्। खेलिरहनेछन्। गीतको भिडियोः

सम्बन्धित सामग्री

सबै चर्चित गीत राम्रा हुँदैनन्

गीत संगीत क्षेत्रमा गायकको जति चर्चा हुन्छ त्यत्ति नै चर्चा संगीतकार र रचनाकारको हुँदैन। गीत चिनेर पनि धेरैले गीतकारलाई चिन्दैनन्। गायक चर्चित हुँदा गायकलाई चिनाउने गीत सर्जक प्रायः छायामै हुन्छन्। पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका लागि गीत लेख्ने लोकप्रिय गीतकार सुवासचन्द्र ढुंगेलसँग नेपाली गीत संगीत र सिर्जनाको विषयमा प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : तपाईंका […]

नेपथ्यको नयाँ गीत ‘भट्भटे’

नेपाली लोकरक ब्याण्ड नेपथ्यले ‘भट्भटे’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । बेग्लै स्वाद र संवादमा नयाँ गीत ल्याएको हो । तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोसेलीको रुपमा यो गीत ल्याएको हो ।छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’ बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको ब्याण्डले तिहारअघि सार्वजनिक गीत ‘नैनताल’ यो एल्बमको अन्तिम गीत बताएको थियो । एघारौं एल्बमको पहिलो गीत ‘भटभटे’ गीत ६ बर्ष अगाडि नै रेकर्ड

सदाबहार तिहार गीत

काठमाडाैं : हरेक वर्ष तिहारसम्बन्धी दर्जनौँ  गीत सार्वजनिक हुन्छन्। तीमध्ये अधिकांश गीत अर्को वर्ष दोहोर्‍याएर सुुनिँदैन। तर, केही यस्ता गीत छ जो तिहारको पर्यायवाची जस्तै बनेका छन्। केही यस्ता गीत छन्, जुन गीत बजेपछि तिहार आएको महशुस हुन्छ। तिहारै आयो लौ झिलीमिली...यादव खरेलको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको तिहारै आयो लौ झिलीमिली... तिहारको पर्यायवाची बनेको गीत हो। शम्भु प्रधानको निर्देशनमा बनेको फिल्म स्वर्गमा रहको यो गीत

के तीज गीत भनिएका सबै गीत तीज गीत हुन्?

कतिन्जेल बस्ने हामी यो समाजको दास भइहामी पनि मानिस हौँ अधिकार खोइयो समाजको कस्तो चलन चेली मात्रै हेपिनेपुरुषले जे गरे नि राम्रो देखिनेअरू देशका नारीले कति विकास गरेकाहामी मात्रै चेली किन पछि परेकाचन्द्रमामा पुगेर फर्किसके नारीलेहामीलाई कहिले छोडेन है घाँसको भारीलेहरिदेवी कोइरालाको शब्द, संगीत तथा स्वर रहेको यो तीज गीत २१ वर्षअघिको हो। कति बसाैँ नारी हामी बाेलकाे याे गीत रेडियो, टेलिभिजनमा मात्र बजेन, घाँस दाउरा गर्न हिँड्ने महिलाहरूको आवाजमा भीरपाखाले पनि याे गीत सुने। उक्त गीतमा नारी वेदना, विद

‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत ‘पीडा भए नि’

१६ फागुन, काठमाडौं । सिनेमा हलमा रिलिज भएको चार दिनपछि ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘पीडा भए नि’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको कथा बोल्ने यो गीतमा अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ । यो गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा फिचरिङ छिन् । चलचित्रमा छायाँ पात्रको भूमिकामा […]

‘म यस्तो गीत गाउँछु २’ ले प्रचारका लागि बनायो दुई भाषामा गीत

पछिल्लो समय निर्माता फिल्म प्रचारका लागि  नयाँ शैली अपनाउन थालेका छन् । यस्तैमा १३ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले पनि प्रचारका लागि थारु र नेवारी गरेर दुई भाषामा प्रमोसनल गीत बनाएको छ ।राजधानीमा एक कार्यक्रमका बीच दुबै गीत सार्वजनिक गरेको छ । जसमध्ये सार्वजनिक थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको स्वर छ भने गायक योगीकै शब्द तथा संगीत छ । चितवनमा छायाङ्कन भएको गीतमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा फिल्मका मु

‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन गीत रिलिज

२ फागुन, काठमाडौं । फागुन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ । ‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचरिङ छन् । म्युजिकल लभस्टोरी यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश […]

यम बरालको नयाँ गीत ‘खुशीको गीत’

काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ गीत ‘खुशीको गीत’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन छ ।प्रेम र खुसीका शब्हरु समेटिएको गीतको म्युजिक भिडियो सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् । पछिल्लो समय टेलिश्रृंखला, वेब सीरीज तथा तथा म्युजिक भिडियोमा समेत सक्रिय आचार्यले केही फिल्मसमेत निर्देशन गरेका छन् । रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीको अभिनय समेटिएको भिडियोमा अम

पहिला भिडियो, पछि गीत र संगीत

तीनजनाको टिमले गीत तयार गर्दा गीत मात्रै तयार गरेका हुँदैनन् । गीत लेखिनुअगावै भिडियोको कथा लेखिसकेका हुन्छन् । सँगै भिडियो खिच्छन्, सँगै गीत लेख्छन्, सँगै संगीत भर्छन् । तीनै पाटो...

गीत हिट तर रिलिज हुन पाएनन् फिल्म

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन पाएन । अब, यो चलचित्र […]