कृषि कर्जा मेलामा एनएमवि लघुवित्त सहभागी

विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ ।कृषक र कृषिसँग जोडिएका मेला अवलोकतकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने उद्देश्यले आर एण्ड डी इनोभेटीभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म मेला आयोजना गरेको हो । कृषि कर्जा मेलामा पोखरा […]

सम्बन्धित सामग्री

कृषि कर्जा मेलामा एनएमबि लघुवित्तको सहभागिता

पोखरा (अस) । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसाय संघले संयुक्त रूपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा चैत ९ देखि १२ गतेसम्म मेला आयोजना गरेका हुन् । कृषि कर्जा मेलामा पोखरा हेम्जाको एनएमबि लघुवित्त वित्तीय संस्थाले पनि सहभागिता जनाएको छ । ग्राहकलाई कृषि कर्जासम्बन्धी जानकारी गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने र कृषि कर्जामैत्री नीति निमार्णमा थप टेवा पुग्ने उद्देश्यले मेलामा सहभागिता जनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए ।