तेह्रथुम पावरको आईपीओ आगामी शुक्रवार बाँडफाँट गर्ने तयारी

भदौ २२, काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ अगामी शुक्रवारसम्ममा बाँडफाँट गरिने भएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ शुक्रवारसम्ममा बाँडफाँट गर्ने गरी प्रि - अलोटमेण्टको काम भइरहेको छ । कम्पनीले ८ लाख कित्ता आईपीओ गत भदौ ९ गतेदेखि १५ गतेसम्म निष्कासन गरेको थियो ।  कम्पनीले जसमध्ये ४० हजार कित्ता म्युचुअल फण्डको लागि, १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।  उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार ९ जना आवेदकबाट ३ करोड १२ लाख ५४ हजार २२० कित्ता खरीदका लागि आवेदन परेको थियो । जुन मागभन्दा ४२ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओ गोलाप्रथाद्वारा ७४ हजार ४०० जना आवेदकले १० कित्ताका दरले शेयर पाउने छन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।   

सम्बन्धित सामग्री

तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त

असोज ४, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी बीच भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन्  ।  कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ २५ गते बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो । सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गरेको हो । स्थानीय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुगेको छ । अब चाँडै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ ।

तेह्रथुम पावरको आइपीओ बाँडफाँट, ७४ हजार ४०० ले पाए १० कित्ता शेयर

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्।...

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार बिहान

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार उक्त आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने भएको हो ।

तेह्रथुम पावरको आईपीओमा मागभन्दा करीब ४२ गुणा बढी आवेदन

भदौ १३, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा ४१ दशमलव ७९ गुणा बढी आवेदन परेको छ ।  गत भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कम्पनीको आईपीओमा आइतवार अन्तिम अवधिसम्म २३ लाख ८८ हजार ३३२ जनाले ३ करोड १० लाख ९२ हजार ३० कित्ताको लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी दिएको छ ।  कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो ।  आयोजना प्रभावित स्थानियसहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको हो । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गर्न लागेका हो । स्थानिय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६/ ७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ७४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ ।

तेह्रथुम पावरको आईपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं, ९ भदौ । आजदेखि तेह्रथुम पावर कम्पनी लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ विक्रिमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको […]