उपभोक्ता अधिकारवादी संस्थाले गरे इन्धनको मूल्यवृद्धिको विरोध

६ असार, काठमाडौं । उपभोक्ता अधिकारवादी संघसंस्थाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको फिर्ता लिन माग गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च राष्ट्रिय उपभोक्ता मञ्च र कन्जुमर आई नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा गरेको अनियन्त्रीत र अस्वभाविक मूल्यवृद्धिले बजारलाई भद्रगोल बनाउने बताएका छन् । अरु विकल्पलाई […]

सम्बन्धित सामग्री

किन बढ्दैछ इन्धनको मूल्य? जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। पटक-पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेका हुन्। सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण…

पेट्रोलियमको मूल्यवृद्धिले सार्वजनिक यातायातमा बेथिति

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारलाई सातदिने समयसीमा तोक्दै भाडादर बढाउन माग गरेको छ । उक्त समयसीमाभित्र भाडा नबढाइए सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा जाने चेतावनी महासंघले दिएको छ । एकातिर महासंघले आन्दोलनको त्रास देखाउँदै भाडा बढाउन खोजेको छ भने अर्कातिर यातायात व्यवसायीले यात्रुसँग मनपरी रूपमा भाडा असुल्न थालेका छन् । महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाडा वृद्धिका लागि सरकारलाई समयसीमा तोकेको हो । यातायात क्षेत्रका समस्याको समाधानका सम्बन्धमा संघीय सरकार र सातओटै प्रदेश सरकारलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको महासंघको भनाइ छ । पछिल्लो समय इन्धनको मूल्य वृद्धि भइरहँदा पनि भाडादर बढाउन सरकारले बेवास्ता गरेको महासंघले बताएको छ । अहिले भइरहेको मूल्यवृद्धिको अनुपातमा हाल कायम भाडादरमा अन्तरप्रदेश र प्रदेशस्तरीय रूटमा न्यूनतम २६ प्रतिशतले वृद्धि गर्न  महासंघले माग गरेको छ । त्यसैगरी ट्याक्सीको हकमा शुरुआती कल ८० रुपैयाँ र प्रतिकिलोमिटर ६० रुपैयाँका दरले बढाउन माग गरिएको छ । आफ्ना माग पूरा गर्न सवारीसाधन बन्द गरेर सरकारलाई आन्दोलनको त्रास देखाउने महासंघले सर्वसाधारण यात्रुवर्गमा त्यसले पर्ने असुविधाबारे  सोचेको देखिँदैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनासाथ व्यवसायीले यात्रुसँग मनोमानी रूपमा भाडा लिने गरेको गुनासो बढेको छ । केही दिनयता पेट्रोलियम पदार्थको मूल्य बढेसँगै केही यातायात व्यवसायीले न्यूनतम १८ रुपैयाँ भाडा तोकिएको रूटमा २० देखि २५ रुपैयाँ र ३० रुपैयाँ तोकिएको रूटमा ३५ रुपैयाँसम्म भाडा लिने गरेको गुनासो यात्रुहरूको छ । आइतवार कीर्तिपुरदेखि बल्खु आउँदै गरेका रोशन सापकोटासँग सहचालकले २० रुपैयाँ भाडा मागे । तर उनले भाडादर १८ रुपैयाँ होइन भनेर प्रश्न गर्दा चालक र सहचालक दुवैले इन्धनको भाउ बढेकाले २० रुपैयाँ नै तिर्नुपर्ने जिकीर गर्दै त्यति नै असुले । सापकोटाले आफूले रत्नपार्कसम्म यात्रा गर्दा कतिपय सवारीसाधनमा ३० रुपैयाँ तिर्नुपरेको सुनाए । महासंघका महासचिव भरत नेपालले काठमाडौं उपत्यकाभित्र सरकारले न्यूनतम भाडा १८ रुपैयाँ तोकेको बताए । तर सवारीधनीले मनपरी भाडा असुल्दा यात्रुहरू मर्कामा परेका छन् । ‘इन्धनको मूल्यवृद्धि भएसँगै यस्ता गुनासा बढेका छन्,’ उनले भने, ‘त्यस्तो हुन नदिन हाम्रा कामदार तथा कर्मचारीलाई बेलाबेला सचेत गराउने गरेका छौं ।’ व्यवसायीले न्यूनतम भाडा १८ रुपैयाँको सट्टा २० रुपैयाँ लिने गरेको भन्ने विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले लेनदेनमा खुद्रा पैसाको समस्याले धेरैजसो गाडीमा यस्तो भएको हुन सक्ने बताए । तर त्यसभन्दा बढी भाडा लिएको भएमा यात्रु आफैले सम्बन्धित निकायमा उजुरी गरेमा कारबाही गर्न सजिलो हुने उनको भनाइ छ । सरकारले अब वैज्ञानिक भाडादर लागू गरी इन्धनको मूल्य बढ्दा स्वतः भाडादर बढ्ने प्रणालीको विकास गर्नुपर्ने उनको तर्क छ ।