काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। पटक-पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेका हुन्।
सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण…