वन्यजन्तु संरक्षणका लागि सिमसार क्षेत्र

यस धरतीमा रहेका विभिन्न तत्वमध्ये कुनै एकको मात्र घटबढ भए पनि अरूमा प्रभाव पर्छ । पर्यावरणमा भइरहेको असन्तुलनले मानवलगायत विभिन्न प्राणीको क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पर्छ । तसर्थ भविष्यमा हुने वातावरणीय विनाशले पृथ्वीमा रहेका विभिन्न प्राणी, वनस्पति र समग्रमा सम्पूर्ण मानवजातिको अस्तित्व नै सङ्कटमा रहनेछ ।पर्यावरण सन्तुलनका लागि सिमसारले महत्वपूर्ण भूमिका खेल्छ । […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा आजदेखि जलपक्षी गणना

काठमाडौँ,२४ पुष । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना सुरु गरेको हो । चितवनमा आजदेखि गणना सुरु भएको वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए । पूर्वी […]

सिमसार क्षेत्रलाई जोगाउन एकजुट हुनुपर्नेमा मन्त्रीको जोड

विमल विष्ट, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले ती क्षेत्रको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंगलबार आयोजना गरेको विश्व सिमसार दिवसको अवसरमा मन्त्री आलेले हाम्रा संस्कृतिको पहिचान गर्न तथा जैविक विविधताको संरक्षणका लागि भए पनि सबै तह र तप्काबाट […]