शीर्षटोली आर्सनल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको टोट्टनहामलाई ३-१ गोलले हरायो । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २-१ गोलले स्तब्ध बनायो ।