रारा ताल क्षेत्रमा पहिलोपटक पुग्यो बिजुली, २४सै घण्टा आपूर्ति हुने

 नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ ।प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको हो ।हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो । अव जलविद्युतगृहबाट उत्पादित विद्युत २४सै घण्टा आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरु, कार्यालयहरु र छेउछाउका घरहरुले विद्युत आपूर्ति पाएका छन् ।रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ ।   प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए ।‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत पुर्याउन सफल भएका छौं,’यादवले भने। 

सम्बन्धित सामग्री

नयाँ बजेटमा समेटिएन रारा ताल जाने नाग्म–गमगढी सडक

संघ सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा रारा ताल जाने नाग्म–गमगढी सडक समेटिएन। यो सडक स्तरोन्नती नहुँदा सवारी  दुर्घटना हुने गरेका छन्। वर्षौँदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि दुर्गम...

रारा: प्रकृतिकाे अनुपम सिर्जना

सुन्दरताको अर्को नाम हो रारा ताल। सिजनअनुसार रंग फेर्ने रारा आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गन्तव्य बनेकाे छ।  मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा...

मुगुको रारा तालमा पुग्यो बिजुली

नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएकाे छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट...

रारा ताल क्षेत्रमा पुग्यो बिजुली !

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुमा दुई हजार नाै सय ९० मिटर उचाइमा रहेकाे रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएकाे छ ।प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी आज साेमवारदेखि रारा क्षेत्रका ग्राहकलाई बिजुली उपलब्ध गराएको हो । अहिले त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको छ । अब जलविद्युत् गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा स...

रारा तालमा पुग्यो बिजुली

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो ।

नाग्म–गमगढी सडक : घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य

नेपालको सबैभन्दा गहिरो रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा पर्दछ । नेपालगज्ज, सुर्खेत, कालिकोट, जुम्ला कर्णाली राजमार्ग अन्र्तगतको नाग्म– गमगढी सडक हुँदै मुगुको रारा ताल पुगिन्छ । २०६२ सालमा कर्णाली राजमार्ग...

नगरवासीको उपलब्धिमुखी कामलाई पहिलो प्राथमिकता दिन्छु

नेपालको सबैभन्दा ठूलो तथा कर्णाली प्रदेशकै गहना रारा ताल मुगु जिल्लामा पर्छ । यस जिल्लामा एक नगरपालिकासहित चार स्थानीय तह छन् । त्यसैमध्येको एक मात्र नगरपालिका हो– छायानाथ रारा नगरपालिका । नेपालको सबैभन्दा ठूलो रारा ताल यसै नगरपालिकाभित्र पर्छ । छायानाथ मन्दिर र रारा तालकै नामबाट यस नगरपालिकाको नाम छायानाथ रारा नगरपालिका नामकरण गरिएको हो […]

रारा ताल प्रवेश गर्न आजदेखि एक सय रुपैयाँ शुल्क

मुगु – मुगुको रारा ताल प्रवेश गर्न आजदेखि आन्तरिक पर्यटकले समेत एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपरेको छ । रारा राष्ट्रिय निकुञ्जले रारा ताल प्रवेशको लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिएको छ ।  बुधबार बिहानैदेखि रारा ताल पुग्ने सबै व्यक्तिसँग निकुञ्जले एक सय रुपैयाँ शुल्क लिएको रारा पर्यटन विकास समितिका अक्ष्य...