प्रदेश नं १ सरकारले पेश गर्‍यो नीति तथा कार्यक्रम, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

जेठ २७, विराटनगर । प्रदेश नं १ सरकारले सरकारको आगामी आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा बिहीवार प्रस्तुत गरेको छ ।  सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश सभा बैठकमा प्रस्तुत गरे । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर  नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश नं १ सरकारले कोभिड- १९ विरुद्धको खोपमा सबै प्रदेशवासीहरुको सरल र सहज पहुँचलाई सुनिश्चितगर्न ‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति तथा वितरण व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वय तथा सहकार्यमा सबै संशाधनको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाइने भएको छ ।  कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी लगायत सुरक्षानिकायका राष्ट्रसेवकहरुको  मनोवल अभिवृद्धि गर्न अतिरिक्त पारितोषिकको व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।  ‘गुणस्तरीय स्वास्थ्यसेवा प्रदेश सरकारको प्रतिबद्वता’ भन्ने मुलनारा सहितप्रदेशमातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गरी अक्सिजन प्लान्ट,सघन उपचार कक्ष निर्माण गरिने भएको छ । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिकपूर्वाधारसहित मेची अस्पताललाई २०० शय्या, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १–१ सय र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शय्यामा स्तरोन्नति गरिने भएको छ । प्रदेश सरकारद्वारा निर्मित एवम् सञ्चालित कोशी कोभिड अस्पताललाई कोभिडको पुर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुति तथा स्त्रीरोग अस्पतालमा रुपान्तरण गरिने भएको छ ।  स्थानीयतहसँगको सहकार्यमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार गर्ने सिलसिलामा निर्माण गरिएका संरचनाको संरक्षण र नियमित सम्भारको प्रबन्ध गरिने सरकारको नीति रहेको छ । प्रदेश १ मा रहेका १६ ओटा पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गरिने भएको छ ।  प्रदेश नं १ का १४ ओटै जिल्लाका प्रमुख एबं मुख्यपर्यटन गन्तब्य स्थलहरुलाई पर्यटन गुरु योजनासँग आबद्धगरी पर्यटकहरुलाई आकर्षित गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । थप नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनका लागि स्थानीयतहहरुसँग समन्वय र  सहकार्य  गरिनेभएको छ ।

सम्बन्धित सामग्री

झापामा कृषि प्रवद्र्धन गर्न रु १३ करोड लगानी

झापाका कृषि लक्षित करोडौँको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालु आर्थिक वर्ष २०७९/८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । तीमध्ये २७ कार्यक्रम प्रदेश नं १ सरकार अन्तर्गत र तीन सङ्घीय सरकार अन्तर्गतका रहेका छन् […]

खोटाङ हलेसीमा सौर्यबत्ती जडान

१६ मंसिर, खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो । बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ […]

खोटाङको हलेसीमा सौर्यबत्ती जडान

खोटाङ – प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो । बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष […]

खोटाङको हलेसीमा सौर्यबत्ती जडान

प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।

‘आफैँ कमाउ, आफैँ पढ र कम्तीमा एक अभिभावक, एक विद्यार्थी पढाउ’ अभियान सञ्चालन

मनमोहन प्राविधिक विश्वविद्यालयले मुलुकलाई विकसित राष्ट्र निर्माणका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको छ । प्रदेश  नं १ सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौताबाट मोरङको बूढीगङ्गा गाउँपालिका–४ मा स्थापित विश्वविद्यालयले विश्वमा अध्ययन अध्यापनमा आएको अत्याधुनिक पाठ्यक्रम प्रयोग गरी सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इञ्जिनियरिङको अध्यापन कार्यको पहिलो समूह आर्थिक वर्ष २०७८/८९ देखि सुरु गरेको हो ।    प्रदेश नं १ सरकारबाट मन

‘आफैँ कमाउ, आफैँ पढ र कम्तीमा एक अभिभावक, एक विद्यार्थी पढाउ’ अभियान सञ्चालन

मोरङ, ५ भदौ । मनमोहन प्राविधिक विश्वविद्यालयले मुलुकलाई विकसित राष्ट्र निर्माणका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको छ । प्रदेश नं १ सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौताबाट मोरङको बूढीगङ्गा गाउँपालिका–४ मा स्थापित विश्वविद्यालयले विश्वमा अध्ययन अध्यापनमा आएको अत्याधुनिक पाठ्यक्रम प्रयोग गरी सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इञ्जिनियरिङको अध्यापन कार्यको […]

खोटाङको जिल्ला अस्पतालमा संचालनमा आयो अक्सिजन प्लान्ट, ट्रसलाई लिएर विवाद

काठमाडौं : जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट संचालनमा ल्याइएको छ। प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा प्लान्ट स्थापना गरिएको हो। अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी…

सङ्घीयतामा विकास विकेन्द्रीकृत हुन्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतामा विकासका कार्य विकेन्द्रीकृत हुने बताएका छन् । प्रदेश नं १ सरकार, बाह्रखरी मिडिया, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ शाखाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित आर्थिक सम्मेलनमा उनले प्रदेशको निर्माणका कारण यहाँका १४ जिल्लामा पूर्वाधार निर्माण दामासाही रुपमा भइरहेको धारणा व्यक्त गरे ।सङ्घीयताको सुन्दर पक्ष नै मुलुकमा रहेको विकासको खाडललाई पुर्दै जानु भएको र अहिले नै प्रदेशको मूल्याङ्कन गर्ने समय नभएको चर्चा गर्दै मुख्यमन्त्री राईले &

पूर्वीद्वार काँकडभिट्टामा ११ तले भ्यू टावर बन्दै

नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण शुरु भएको छ। काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख विमल आचार्यले बताए।

किसानलाई कृषि सामग्री वितरण

किसानलाई आत्मानिर्भर र उत्पादन बढाउने उद्देश्यका साथ धनकुटा नगरपालिकाकले कृषकलाई कृषि औजार वितरण गरेको छ । प्रदेश नं १ सरकार र धनकुटा नगरपालिकाको ८० प्रतिशत र कृषकको २० प्रतिशत साझेदारीमा नगरभित्रका १८ वटा कृषक समूहलाई कृषि सामग्री वितरण गरेको हो ।