खोटाङको हलेसीमा सौर्यबत्ती जडान

खोटाङ – प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो । बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष […]

सम्बन्धित सामग्री

नेपालगञ्ज र आसपास जडान गरिएका धेरैजसाे साेलार बत्ती बल्दैनन्

बाँके – बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका धेरैजसाे सौर्य बत्ती एक वर्ष नबित्दै बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर अहिले धेरैजसाे सौर्य बत्ती बल्न छोडेका हुन् । ६ महिनादेखि बत्ती राम्ररी बलेकाे छैन । तर बत्ती बनाउन सरोकारवालाले चासो नदेखाएको स्थानीयवासीकाे गुनासाे छ । सौर्य बत्ती मर्मतका लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत गरेकाे देखिँदैन । उपमहानगरपालिकाभित्र दुई सय ५० वटा सौर्य बत्ती जडान भएका छन् । तर जडान भएक...

उज्यालो वीरगञ्ज योजना : सकिन लाग्यो ठेक्का अवधि, आधा पनि छैन प्रगति

जेठ २९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको उज्यालो वीरगञ्ज योजनामा ढिलाई भएको छ । राष्ट्रिय योजना आयोग र महानगरको संयुक्त लगानीमा नगरक्षेत्रमा सडक बत्ती जडानको योजनाले गति लिन नसकेको हो ।  समपूरक योजनाअन्तर्गत १३ महीनामा ३२ ओटै वडामा बत्ती जडान गर्ने लक्ष्य राखिएको थियो । ठेक्का अवधि सकिन १ महीनामात्र बाँकी रहँदा योजनाको भौतिक प्रगति ४० प्रतिशत मात्र पुगेको महानगरको योजना महाशाखाले बताएको छ ।  मूल्य अभिवृद्धि करबाहेक २३ करोड ९६ लाख रुपैयाँमा नगरक्षेत्रमा १३ हजार ३९० ओटा बत्ती जडान गर्ने ठेक्का लगाइएको महानगरले बताएको छ । योजनामा महानगर र योजना आयोगको ५०/५० प्रतिशत बजेट रहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।  महानगरले सूर्योदय उर्जा र टप सन इनर्जी जेभीलाई ७ जुन २०२० मा ठेक्का दिएको थियो । १४ जुलाई २०२१ मा काम पूरा हुनु पर्नेमा ६० प्रतिशत काम बाँकी नै रहेको महानगरको योजना महाशाखाको तथ्यांकले देखाउँछ । नगरक्षेत्रमा तोकिएका सडकमा १००, ६० र ४० वाटका बत्ती जडान गर्नुपर्ने कार्यादेश महानगरको छ ।  निर्माण कम्पनीले भारतको नाशा लाइटबाट १० हजार ओटा बत्ती भित्र्याइसकेको छ । ती मध्ये ४ हजार ३०० बत्ती जडान भएको र बाँकी काम अघि बढ्न नसकेको इन्जिनियर अधिकारीले जानकारी दिए । ‘कोरोना महामारीका कारण योजनामा ढिलाई भएको हो । निर्माण कम्पनीले म्याद थपका लागि आग्रह गरेको छ,’ उनले आर्थिक अभियानसँग भने ।  सरकारले कोरोना महामारीका कारण ढिलाई भएका सबै योजनाको म्याद ६ महीना थप्ने निर्णय गरिसकेको छ । कोरोनाकै कारण कामदार आपूर्ति हुन नसक्दा अहिले बत्ती जडानको काम रोकिएको महानगरले बताएको छ । योजनामा पोल गाड्ने, तार विस्तार र बत्ती जडानलगायतका काम बाँकी छन् ।  अहिलेसम्म वीरगञ्जका वडा नं. १, २, ८, १३, १५, १६ र १७ मा बत्ती जडान भएको महानगरले बताएको छ । नगरक्षेत्रका ८ मीटरभन्दा फराकिलो सडकमा बत्ती जडान गरिने योजना छ । यसअघि नै सौर्यबत्ती जडान भइसकेका क्षेत्रमा यो योजना राखिएको छैन । गुणस्तरमा प्रश्न :  वीरगञ्जको वडा नम्बर १५ मा जडान गरिएका बत्ती गुणस्तरहीन भएको आरोप स्थानीयले लगाएका छन् । जडान गरिएका बत्ती केही दिनमै बल्न छोडेपछि गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका थिए ।  बत्ती जडानमा प्रयोग भएको तामाको तारमा कार्बन जमेकाले समस्या भएको महानगरका इन्जिनियर अधिकारीले बताए । कार्बन जमेको तार हटाएपछि बत्ती पुनः बल्न शुरू भएको जानकारी पनि उनले दिए ।   महानगरमा जडान भइरहेका बत्ती उत्पादकले नै गुणस्तर परीक्षण गरेर पठाएको र ५० हजार घण्टा बल्नुपर्ने योजना महाशाखाले बताएको छ ।