नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजाऊ : ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताउँदै नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजान...

सम्बन्धित सामग्री

गुल्मीमा राष्ट्रिय जनमोर्चाको संसद विघटन विरुद्ध जुलुससहित विरोधसभा

शंकर प्रसाद पोख्रेल,तम्घास । राष्ट्रिय जनमोर्चा गुल्मीको आयोजनामा संसद विघटन विरुद्ध विरोध प्रदर्शन भएको छ । राजमो केन्द्रीय सदस्य सोमकुमार कार्कीको प्रमुख आतिथ्यतामा पुस २० गते सो कार्यक्रम सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै कार्कीले ओली सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध सबै एकजुट भएर सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले देशको यो अवस्था सृजना हुनुमा अहिलेको प्रमुख प्रतिपक्ष उत्तिकै जिम्मेवार रहेको आरोप पनि लगाउनुभयो । नेपाली जनताले राष्ट्रिय जनमोर्चालाई सही पार्टी भन्ने गरेको तर समर्थन नगरेको भन्दै सचेत नेपाली बनेर सबैजना राष्ट्रिय जनमोर्चामा गोलबन्द हुन आग्रह गर्नु भयो । विरोध सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री ,राजमो केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाक्षेत्री ,नेकपा (मसाल) गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, प्रगतिशील पत्रकार सङ्घका हरि न्यौपाने, रक्तिम सांस्कृतिक अभियानका जिल्लाध्यक्ष उषा तारामी मगर, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष कमल अर्याल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष गुमानसिंह पुनमगर, अखिल (छैठौं) का अध्यक्ष लीला कुँवर, अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष खिमबहादुर बुचा र युगदर्शनका संवाददाता शंकरप्रसाद पोख्रेलले पनि सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षता तथा जिल्ला सचिव छविलाल सर्तुङीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमोका जिल्ला उपाध्यक्ष रामेश्वर खत्रीले स्वागत गर्नुभएको थियो । विरोधसभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तु गर्नुभएको थियो । कार्यक्रमपूर्व राजमो पार्टी कार्यालयबाट विशाल जुलुससहित अस्पताल लाइन, क्याम्पस रोड, भिमचोक, साहुटोल पुतलीबजार हुँदै सहिदचोकमा पुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा विघटित प्रतिनिधि सभा पुनः स्थापना गर, कालापानीबाट भारतीय सेना फिर्ता गर, सङ्घीयता खारेज गर, महिला हिंसा अन्त्य गर, बढ्दो महङ्गी नियन्त्रण गरलगायत नारा लगाइएको थियो ।

प्रधानमन्त्री ओली भन्छन्, 'नेपाली भूमिबाट विदेशी सेना फिर्ता गराउँछौँ'

यो सरकारले एक इन्च नेपाली भूमि पनि कसैलाई पनि मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै ओलीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता गराउने बताएका हुन्।