सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बजेटको सफल कार्यान्वयनमा जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण निर्माण गर्ने विद्यमान कानून तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलव्ध गराउने कुरा बजेटको सकारात्मक पक्ष भएको महासङ्घको भनाइ छ । मह