नीति तथा कार्यक्रम समग्रमा सकारात्मक : नेपाल घरेलु तथा साना उद्योग महासंघ

कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गरी सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।निजी क्षेत्रबाट दिएको सुझावलाई समेत समेटेको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगारः आफ्नो उत्पादन आफ्नै व्यापार […]

सम्बन्धित सामग्री

घरेलु तथा साना उद्योग महासंघ र विकास अनुसन्धान प्रतिष्ठानबीच सम्झौता

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिष्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउने सम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक समारोहका बीच दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिस्टम विकास गरी उत्पादकत्व वृद्धि गर्ने क्रममा इन्टरभेन्सनको रुपमा हाललाई कुनै निश्चित […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा

नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन सके अर्थतन्त्र समृद्घ हुने सरोकारवालाहरुले बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघको ३३ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताएका छन् ।नेपालमा औद्योगिक विकासको […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा प्रवेश

काठमाडौं– नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फस्टाउन सके अर्थतन्त्र सम्वृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको मङ्गलबार राजधानीमा आयोजित ३३ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र सम्वृद्ध बन्ने […]

नीति तथा कार्यक्रम समग्रमा सकारात्मक  : नेपाल घरेलु तथा साना उद्योग महासंघ

जेठ ११, काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघले आर्थिक वर्ष २०७९/ ८० का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको बताएको छ । महासंघले उक्त कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगारः आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ तुलनात्मक लाभ भएका उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी वद्धि गर्ने, परम्परागत ज्ञान तथा मौलिक सिपमा आधारित लघु तथा घरेलु उद्योगलाई प्रविधि हस्तान्तरण तथा बजार संरक्षण मार्फत प्रवर्द्धन गर्ने कुरा सकारात्मक भएको पनि बताएको छ । उसले लघु, घरेलु, साना तथा मझौला उद्योगका लागि उद्यमशिलता विकास, वित्तीय पहुँच, उत्पादनको बजारीकरण र निर्यात सहजिकरणको प्याकेज तयार गरी कार्यान्वयन गर्ने, सार्वजनिक निकायको खरीदमा स्वदेशी वस्तुको हिस्सा बढाउदै लगिने, एकल विन्दु सेवा केन्द्रलाई अधिकार सम्पन्न र प्रविधिमा आधारीत बनाउने विषय पनि सकारात्मक रहेको उल्लेख गरेको छ । पर्यटनलाई अर्थतन्त्रको गतिशील आयामको रुपमा सबै प्रकारका आर्थिक गतिविधिसँग आवद्ध गराई स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिने नीति तथा कार्यक्रमले स्वदेशी उद्योगको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा पनि उसले लिएको छ । यसैगरी श्रम बजारको माग अनुसारको विशिष्टीकृत सीपयुक्त जनशक्ति निर्माण गर्ने, विदेशबाट फर्केका व्यक्तिलाई सीप अनुसारका व्यवसाय सञ्चालन गरी रोजगारी सृजना गर्ने, आपूर्ति श्रृंखला सुचारु गर्न, अर्थतन्त्रमा वाह्य प्रभाव कम गर्न र औद्योगिक उत्पादनको बजार पहुँचका लागि विद्यतीय व्यापार प्रणाली लागु गर्ने कुरा नीति तथा कार्यक्रमका सबल पक्ष भएको महासंघले बताएको छ । उसले उत्पादनमुलक उद्योग र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात बृद्धि गर्ने, नवप्रर्तनमा आधारित स्टार्टअप व्यवसाय स्थापना र सञ्चालनमा सहजीकरण गर्ने, औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र जस्ता पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई संलग्न गराउने जस्ता व्यवस्था सकारात्मक रहेको बताएको छ । साथै उसले नेपाली उत्पादनलाई राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय मूल्य श्रृंखलामा आवद्ध गराउन ठूला विदेशी उद्योगका सहायक सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने, सबल अर्थतन्त्र निर्माणका लागि उद्योगलाई नेतृत्वदायी भूमिका दिने जस्ता व्यवस्थाले स्वदेशी उद्योग र उत्पादित वस्तुको प्रवर्द्धन र संरक्षणमा सकारात्मक प्रभाव पर्ने देखिने महासंघले भनेको छ ।उद्योगमैत्री वातावरण निर्माण, व्यवसाय गर्ने वातावरण सुधार र आधारभुत पूर्वाधारमा सरकारी लगानी बढाई नीजि क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहन गर्ने कुरा पनि सकारात्मक भएको महासंघको भनाइ छ । कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन श्रृंखलामा जोड्न ूफार्म टु इण्डष्ट्रीू एकीकृत नमूना कार्यक्रम कार्यान्वयन गर्ने, कृषिलाई आर्थिक बृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने, आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आवद्ध गराउने विषय नीति तथा कार्यक्रमको सबल पक्ष रहेको महासंघको भनाइ छ । उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने नीतिले लघु, घरेलु तथा साना उद्योगीहरुमा सहज रुपमा वित्तीय पहुँच अभिवृद्धि हुने विश्वास महासंघले लिएको छ । विद्यमान कर प्रणालीलाई पुनरावलोकन गरी स्वच्छ, पारदर्शी र लगानी एवं व्यवसाय मैत्री बनाउने नीति अनुसार कोभिड(१९ को विपदबाट विस्थापित हुन पुगेका लघु, घरेलु तथा साना र महिला उद्योगीहरुलाई लक्षित गरी कर प्रणाली पुनरावलोकन गर्न जरुरी रहेको महासंघले बताएको छ । राष्ट्रिय योजना आयोगले सिफारीश गरेका विषयहरुलाई समेटेको नीति तथा कार्यक्रमले अंगालेका विषयहरु आगामी बजेट मार्फत कार्यान्वयनमा आउने हुँदा आर्थिक बर्ष २०७९र८० लागि सरकारले पेश गर्ने बजेट मार्फत नीति तथा कार्यक्रमका विषयहरु कार्यान्वयन हुने अपेक्षा महासंघले गरेको छ ।

घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ को अध्यक्षमा गिरी

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अध्यक्षमा शिवा उपाध्याय (अन्जु) तथा महिला उद्यमी समितिको अध्यक्षमा नमिता न्यौपाने निर्वाचित भएकी छिन् ।महासंघको विराटनगरमा आज भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्ष अशोककुमार विष्ट, उपाध्यक्ष लिलादेवी रिजाल, महासचिव राजेन्द्र केशरी घिमिरे, सचिव वेदनाथ भेटवाल र कोषाध्यक्ष राजेश मण्डल रहेका छन् । समितिको सदस्यहरूमा गणेशबहादुर कटुवाल, अशोक कार्की, खगेन्द्र गौतम, दिनेश श्रेष्ठ, राजिव ढुंगाना

पुस २ गतेदेखि काठमाडौंमा ढाका कपडा प्रर्दशनी

काठमाडौं, मंसिर १२ । काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते काठमाडौं बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङ्केटमा प्रदर्शनी तथा भेला हुने भएको हो । प्रदर्शनीमा ४० […]

वित्तीय पहुँचका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक बीच सम्झौता

साउन २८, काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक बीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंक बीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुंजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने बताइन् । महासंघ र बैंक बीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।

घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता

काठमाडौँ– नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरूको वित्तीय पहुँच बढाउन सम्झौता भएको हो। बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरूको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरे ।