काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ । नेपाल शिक्षक महासङ्घ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए […]