खेललाई पर्यटनको रुपमा विकास गर्नुपर्छ : खेलकुद मन्त्री

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुदलाई पर्यटनको रुपमा विकास गर्न सके राष्ट्रिय रुपमा आम्दानी गर्न सकिने बताएका छन् । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको निर्माणाधीन सिमरा रंगशालाको निरीक्षणका क्रममा उनले नेपाललाई खेल पर्यटनको रुपमा विकास गर्न नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका खेलहरु खेलाउन सकिने बताएका हुन् ।‘खेल पूर्वाधारलाई व्यवस्थित ढंगले निर्माण गर्न सक्यौँ भने अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु नेपालमा आउने वातावरण सिर्जना हुन्छ,’ मन्त्री गहतराजले भने

सम्बन्धित सामग्री

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य

नेपालगञ्ज– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् । पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृति हराउँदै गइरहेको प्रति दुःख ब्यक्त […]

प्रधानमन्त्रीलाई खेलकुद मन्त्री गहतराजले भने –‘हर्क साम्पाङबाट सिकौँ’

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज(अथक)ले विकास गर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई९हर्क साम्पाङ०बाट सिक्नु पर्ने बताएका छन् । मन्त्री तथा सचिवहरूलाई निर्देशन दिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री गहतराजले स्थानीय मात्रै होइन, सङ्घीय सरकारले पनि हर्क साम्पाङको जनश्रमदान नीति अङ्गाल्नु पर्ने बताएका हुन् […]

खेलकुद मन्त्री गहतराज र ओलीबीच भेट वार्ता

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र बिश्व ओलम्पिक संघ एशियाको विकास प्रवन्धक जोभिना चो ओली विच आज बिहिबार राष्ट्रिय खेलकुद परिषद्मा भेट वार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले […]

फाप्ला रंगशाला विकास समितिका अध्यक्ष शाहीलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाही र सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना दियाकोटीलाई नियुक्ती पत्र प्रदान गरेका हुन् । नियुक्ती पत्र हस्तान्तरण गर्दै मन्त्री अथकले […]

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

काठमाडौं-  प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ आजबाट औपचारिक रुपमा सुरु भएको छ ।   बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन आज गरेका हुन् । उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिव कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी […]

खेलकुद क्षेत्रको राम्रो प्रतिफल लिन लगानी बढाउनुकाे विकल्प छैन : मन्त्री गहतराज

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ । मन्त्री गहतराजले खेलकुद क्षेत्रमा सरकारले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराउनुभएको हो ।  आज मङ्गलवार समितिको बैठकमा बोल्दै उहाँले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता सरकारमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले...

विकास निर्माणको बजेट फ्रिज नगरी कार्यान्वयन गर्न खेलकुदमन्त्रीको निर्देशन

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरूसँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिएका हुन् ।  विकास निर्माणको अवस्था र आइपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले विकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरूले ठेक्का पाइसकेपछि काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले विकासको गति पछि धकेलिएको ...

भौतिक संरचना मात्रले खेलको विकास हुँदैन : संयोजक पौडेल

सिरहा । नेपाल खेलकुद महासंघका संयोजक तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भौतिक संरचना मात्र निर्माण गरेर खेलकुदको विकास नहुने भएकोले खेलाडीमै भरपूर रुपमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।सिरहाको गोलबजारमा आयोजित २० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितालाई उद्घाटन गर्दै संयोजक पौडेलले खेलकुदको विकासको लागि प्रदेश, स्थानीय तहले पनि नीति निर्माण गर्न सक्ने व्यवस्था भएकाले खेलतर्फ बढी ध्यान दिन अनुरोध गरे ।पछिल्ला दिनहरुमा राज्यको खेलप्रति उदासीनताका कारण अ