एयर इण्डियाको अमेरिकाबाट दिल्ली उडेको जहाज स्वीडेनमा आपत्कालीन अवतरण

स्टकहोम, १० फागुन। अमेरिकाको न्युजर्सीबाट ३०० जना यात्री लिएर दिल्लीतर्फ आउँदै गरेको एयर इण्डियाको ‘एआई–१०६’ जहाजले स्वीडेनको राजधानी स्टकहोममा आपत्कालीन अवतरण गरेको छ। समाचार एजेन्सी पीटीआइका अनुसार विमानको इन्जिनबाट तेल लिक भएपछि स्टकहोममा आपत्कालीन अवतरण गरिएको थियो। आपत्कालीन अवतरण गर्दा स्टकहोम विमानस्थलमा ठूलो संख्यामा दमकल तथा एम्बलेन्स तयारी अवस्थामा राखिएको थियो। विमान सुरक्षित अवतरण भएको जनाइएको छ। (बीबीसी)

सम्बन्धित सामग्री

श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेर सुरक्षित अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ । धनगढीबाट ७ः २२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौंबाट फर्किएर भैरहवामा आपत्कालीन अवतरण गरिएको हो । धनगढी काठमाडौँको उडान समय ५० मिनेट हो । धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक बिग्रेपछि […]

मुस्ताङ उडेको समिट एअरको जहाज पोखरामा आपत्कालीन अवतरण

काठमाण्डाै - पोखराबाट मुस्ताङ उडेको समिट एअरको जहाजलाई आपत्कालीन अवतरण गराइएको छ । नाइन एनएकेएच कल साइनको जहाज बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियो । तर जहाज उडेको ७ मिनेटमा नै  इन्डिकेटरमा समस्या आएको जानकारी पाइलटले गराएपछि पोखरा विमानस्थलमा आपत्कालीन अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जहाजमा १८ जना यात्रु रहेका थिए । पोखराबाट मुस्ताङ उड्ने अर्को जहाज नभएकाले यात्रुहरु रोकिएका छन् ।  प्राविधिक जाँच पछि मात्रै जहाज उडाइने व...

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपत्कालीन अवतरण

काठमाडौँ । नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ । जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका […]

बुद्ध एयरको जहाजमा यान्त्रिक गडबडी आएपछि आपत्कालीन अवतरण

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो।

इन्जिनमा समस्या देखिएपछि काठमाडौं उडेको बुद्धको जहाज भरतपुरमै अवतरण

इन्जिनमा समस्या देखिएपछि भरतपुरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाजलाई भरतपुरमै आपत्कालीन अवतरण गराइएको छ ।

इन्जिनमा गडबडी देखिएपछि बुद्ध एयरको जहाज भरतपुरमै अवतरण

चितवन - बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।   नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अव…

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केही बेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः १६ बजे आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो ।जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए । बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए ।जिल

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण भएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरिएको हो। नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६...

प्राविधिक परीक्षणपछि बुद्धको एटीआर जहाज सञ्चालनमा

प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ । प्राविधिक समस्याका कारण इण्डिकेटरले काम नगर्दा जहाजले करीब दुई घण्टा आकाशमा फन्को लगाएको थियो । सोमबार बिहान ७३ यात्रु लिएर काठमाडौँबाट विराटनगर विमानस्थल  उडे पनि अवतरणका क्रममा रहेको उक्त जहाजको चक्का नखुलेपछि पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरिएको थियो ।      नाइन एन एएनआइ कलसाइनको उक्त जहाजको प्राविधिक टोलीले मिह...

इन्जिनमा खराबी आएपछि पाइलटले अमेरिकामा जहाजलाई समुन्द्रमा अवतरण गरे

एजेन्सी।अमेरिकाको हवाई प्रान्तको राजधानी होनोलुलुमा पाइलटले एउटा कार्गो जहाजलाई समुन्द्रमा आपत्कालीन अवतरण गरेका छन्।इन्जिनमा खराबी आएपछि समुन्द्रमा आपत्कालीन अवतरण गरिएको जनाइएको छ।बोइङ ७३७ काग्रो विमानका दुवै जना चालकलाई कोस्र्ड गार्डले बचाएका छन्।जहाज होनोलुुलुबाट माउइ द्वीप जाँदै थियो। जहाज उडेर दुई माइल पर नजाँदै पानीमा अवतरण गरिएको थियो। फेडरल एभिएसन अथोरिटी र ट्रान्सपोर्ट सेफ्टी बोर्डले दुर्घटनाको जाँच गर्ने जनाएका छन्।