मुस्ताङ उडेको समिट एअरको जहाज पोखरामा आपत्कालीन अवतरण

काठमाण्डाै - पोखराबाट मुस्ताङ उडेको समिट एअरको जहाजलाई आपत्कालीन अवतरण गराइएको छ । नाइन एनएकेएच कल साइनको जहाज बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियो । तर जहाज उडेको ७ मिनेटमा नै  इन्डिकेटरमा समस्या आएको जानकारी पाइलटले गराएपछि पोखरा विमानस्थलमा आपत्कालीन अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जहाजमा १८ जना यात्रु रहेका थिए । पोखराबाट मुस्ताङ उड्ने अर्को जहाज नभएकाले यात्रुहरु रोकिएका छन् ।  प्राविधिक जाँच पछि मात्रै जहाज उडाइने व...