भारतले धान चामल निर्यातमा भन्सार बढायाे, कनिका निर्यातमा रोक लगायो

भारतले आज शुक्रवारदेखि कनिका निर्यातमा रोक लगाउनुको साथै धान चामल निर्यातमा २० प्रतिशत भन्सार बढाएको छ । आफ्नो उत्पादन घटेको र रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सङ्कट बढ्दै गएकोले आफ्नो बजारमा मूल्य नियन्त्रणका लागि धान चामलमा भन्सार वृद्धि र कनिका निर्यातमा रोक लगाएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतका केही राज्यमा कम वर्षा हुँदा गएको वर्षको तुलनामा धान रोपाइँ झन्डै ६ प्रतिशतले घटेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतले गएको आर्थिक वर्ष दुई करोड १२ लाख टन ...

सम्बन्धित सामग्री

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौँ, १९ पुस । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले […]

धान–चामल आयातमा लाग्यो ‘ब्रेक’

चालु आर्थिक वर्षमा नेपालको आयात नै १६ प्रतिशतले घटेकाले धान–चामल पनि कम आएको छ । तर, भारतले धान–चामल निर्यातमा लगाइदिएको २० प्रतिशत भन्सार नै यिनको आयात घट्नुको प्रमुख कारण भएको व्यवसायीहरू बताउँछन् ।

चामल आयात घट्यो, धान बढ्यो

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]

‘धान-चामल निर्यातमा भारतको कडाईले भान्छादेखि उद्योगसम्म प्रभाव’

धान–चामल निर्यातमा भारतले गरेको कडाईले नेपालीहरुको भान्सा घरदेखि उद्योग धन्दासम्ममा प्राभाव पार्ने भन्दै वीरगन्ज उद्योग वाणिज्य संघले चिन्ता जनाएको छ।...

आठ महिनामा करिव ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो

काठमाडौं, २२ चैत्र । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो । सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल […]

नेपालमा यो वर्ष भित्रियो ४८ अर्बभन्दा बढीको धान तथा चामल

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि २०७८ जेठसम्म २८ अर्ब ६० करोड ३१ लाख २८ हजार रूपैयाँको चामल र १९ अर्ब ५५ करोड ९२ लाख २१ हजार रुपैयाँको धान भित्रिएको छ।

दश महिनामा नेपाल भित्रियो साढे ४४ अर्बभन्दा बढीको धान/चामल

काठमाडौं।चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म बिभिन्न देशबाट नेपालमा ४४ अर्ब ४४ अर्ब ६८ करोड ७ लाख २ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ।सो मुल्यमा १ अर्ब १८ करोड ४९ लाख २१ हजार ४१८ केजी धान-चामल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।उक्त अवधिमा धान १८ अर्ब २५ करोड र चामल २६ अर्ब ४३ करोड रुपैयाँको भित्रिएको छ।

धान उत्पादन बढे पनि चामल आयात वृद्धि

मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा २६ […]