काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गर्नुभएको छ ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाइ थियो ।
उहाँले संसदको सबैभन्दा ठूलो दल कांग्रेस निरीह अवस्थामा रहेकोमा आफू छक्क परेको बताउनु भयो ।
गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसलाई पुच्...