अरुण भ्याली हाइड्रोपावर र अरुण काबेलीको शेयरमूल्यमा सर्किट

भदौ २, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको १० मिनेटमै दुई ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिमा अरुण भ्याली हाइड्रोपावर र अरुण काबेली पावरको शेयरमूल्यमा सर्किट लागेको हो । यी दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्ममा अरुण भ्यालीको शेयरमूल्य प्रतिकित्ता रू. ६९० दशमलव ८० र अरुण काबेलीको रू. ८०२ दशमलव २०मा कारोबार भइरहेकोे छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अरुण काबेली बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । उक्त कम्पनीले १७ प्रतिशत बोनस शेयर पश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।