एनआईसी बैंकको सेवा थप, मोबाइल एपमार्फत रेमिट्यान्स पठाउन सकिने

काठमाडौं, २ जेठ । एनआईसी एशिया बैंकले बैंकिङ सेवा–सुविधा थप गरेको छ । एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स सुविधा ल्याएको हो । बैंकको अनुसार यस सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थान र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रूपमा पठाउन सक्ने छन् । ग्राहकले आफ्नो मोबाइल प्रयोग गरी बैंकको एनआईसी एशिया […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क आन्तरिक  रेमिट्यान्स पठाउन सकिने भएको छ।  बैंकले  आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MOBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो । बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले बैंकको एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्ने छन्। बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन्। यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको एप भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ। बैंकका अनुसार यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एपबाट सहजै बुझन सकिने नवीन सुविधा समेत यस एपमा रहेको बैंकले जनाएको छ । यसका लागि ग्राहकहरूले एपभित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्ने छन्।बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।