आजदेखि संसद्को हिउँदे अधिवेशन : यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद्को तेस्रो अधिवेशन आज प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपतिको पत्रपछि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् । संघीय संसद सचिवालयका कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठक दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित […]

सम्बन्धित सामग्री

संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । संघीय संसद्‌को तेस्रो अधिवेशनको पहिलो बैठक संसद्‌ भवन नयाँबानेश्वरमा आज दिउँसो ४ बजेबाट सुरू हुनेछ ।  आजदेखि सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्...

संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । संघीय संसद्‌को तेस्रो अधिवेशनको पहिलो बैठक संसद्‌ भवन नयाँबानेश्वरमा आज दिउँसो ४ बजेबाट सुरू हुनेछ ।  आजदेखि सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्...

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

वीरेन्द्रनगर – कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र सभामुखले वाचन गरेर सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसपछि सांसदहरुले दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका सचिव जिवराज […]

आजदेखि राष्ट्रिय सभा बैठक सुरु, प्रतिनिधि सभा विघटनको मुद्दा चर्को रुपमा उठ्ने

काठमाडौं । आज (पुस १७) देखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । सत्तारुढ दलभित्रको खिचातानीका कारण प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक बस्न लागेको हो । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज (शुक्रबार) देखि राष्ट्रियसभाको अधिवेशन सुरु हुन लागेको हो । दिउँसो ४ बजेबाट अधिवेशन सुरु हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना जोखिम न्यूनीकरणका लागि सांसदबीच दूरी कायम गरेर अधिवेशन बस्ने छ । यसअघि सबै सदस्यहरुको पीसीआर परीक्षण गरिएको छ । दुई वर्ष कार्यकाल बाँकी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बस्न लागेको राष्ट्रिय सभाको बैठकलाई चासोको रुपमा हेरिएको छ । प्रतिनिधिसभा विघटनाको विषयलाई राष्ट्रियसभामा उठाउने तयारी सत्तापक्ष र विपक्षी दलका सांसदले गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभाको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । सार्वजनिक सम्भावित कार्यसूची अनुसार अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ । त्यसैगरी मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराउने कार्यसूची छ । त्यसैगरी बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने छ । यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यस्तै अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी भएका सातवटा अध्यादेश पनि पेस हुनेछन् । यसबीचमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन, संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश जारी भएका थिए ।

राष्ट्रियसभा अधिवेशन आजदेखिः यी हुन् सम्भावित कार्यसूची

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । बैठकमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय  उठ्ने भएको बुझिएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट उक्त सभामा प्रतिनिधित्व गर्ने प्रमिला कुमारीले  प्रतिनिधिसभा विघटन, उखु किसानका समस्या र नागरिकतालगायत जनसरोकारका मुद्दालाई यो अधिवेशनमा प्राथमिकताका साथ उठाइने बताइन् । यसैगरी राष्ट्रियसभामा नेकपाका नेता दीनानाथ शर्माले सरकारका कामकारवाहीलाई सहयोग पु¥याउने तथा जनताका समसामयिक

राष्ट्रियसभाको हिउँदे अधिवेशन : यस्तो छ पहिलो दिनको सम्भावित कार्यसूची

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गरिएको हो ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट शुरू हुँदै, यी हुन् सम्भावित कार्यसूची

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार (आज)देखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गरिएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूची तयार गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकको शुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन ...