काठमाण्डौ – आज प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा पूर्वमन्त्री नविन्द्रराज जोशी र पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै सचिवालयले निकालेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न संसदीय समितिका सभापतिले वार्षिक प्रतिवेदनहरू पेश गर्दै हुनुहुन्छ ।
यसैबीच, प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन केही दिनमै अन्त्य हुने...