निष्ठाको राजनीति उदय : काँग्रेस उपसभापति गुरुङ

निर्वाचन क्षेत्र २ मा मतदान भएको १० दिनपछि भएको मतगणना शनिवार राती सम्पन्न भएको छ। ७१ हजार १ सय ९१ मतदान भएको स्याङ्जा २ मा सङ्घ र प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका तिनै जना उम्मेदवार विजयी भएका हुन्। प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति गुरुङ ५ हजार ६ सय २७ मतान्तरले नेकपा एमालेका उम्मेदवार केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गरी विजयी भएका छन्।