मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ । लोकमार्गको रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइना बगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो । सडक कालोपत्रेको लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ । पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ । तर, पहिरो धेरै ठूलो भएकाले काम ढिला भएको हो । मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानी भेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए ।‘दुई वडाको डोजरले सडकमा झरेको पहिरो

सम्बन्धित सामग्री

झुलाघाट-चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन एमालेले भोलि पत्रकार सम्मेलन गर्ने

काठमाडौं- नेकपा एमालेले झुलाघाट चिवाभन्ज्याङ मध्यपहाडी राजमार्ग केन्द्रित यात्राबारे जानकारी दिन भोलि आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । एमालेले दिउँसो १ बजे पार्टी कार्यलय च्यासलमा पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेले गत मंसिर १४ गतेबाट पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा गरेको थियोे । समृद्धिका लागि सङ्कल्प यात्रा नाम […]

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिन देखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता  हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।

मध्यपहाडी लोकमार्ग : बागलुङ खण्ड स्तरोन्नतिको काममा ढिलाइ

बागलुङ । मध्यपहाडी राजमार्गको बागलुङ खण्ड स्तरोन्नतिको काममा ढिलाइ भएको छ । लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ । जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिए पनि अझै हुन सकेको छैन । ६ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ । गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत बिहुँमा दुई किलोमिटर सडक कालोपत्र गरेर काम छाडेको निर्माण कम्पनीले फागुनदेखि काम थालेको छ । ट्र्याक खोलेको २४ वर्षपछि सडक कालोपत्र हुने आशा स्थानीयको छ । अहिले जिल्ला सदरमुकामको खहरे, मूलपानी क्षेत्रमा आधार तयार पार्ने कार्य भइरहेको छ भने उपल्लो खण्डको बिहुँमा कालोपत्रका लागि ग्राभेल बिच्छ्याउने काम भइरहेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले बताएको छ । मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनीयर नारायणदत्त भण्डारीले असारपछि निर्माण व्यवसायीलाई निरन्तरको ताकेतापछि काममा तीव्रता दिन थालेको बताए । ‘अहिले घोडाँबाधेदेखि बागलुङ बजारसम्मको सडकमा कालोपत्र गर्नुअघिका काम भइरहेको छ, सब–बेस बिच्छ्याउने, ग्याबिन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ,’ उनले भने । यो राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससीएफ/ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण शुरू भएको ६ वर्षमा ६० प्रतिशत मात्र प्रगति भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाका दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाड खण्डमा कालोपत्र भइसकेको छ । तर जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमी सडक खण्डको कालोपत्र नहुँदा बासिन्दा मर्कामा परेका छन् । रासस

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने

सुर्खेत- मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ । लोकमार्गको रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइनाबगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो । सडक कालोपत्रेका लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ । पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ । तर, पहिरो धेरै ठूलो भएकाले काम ढिला […]

मध्यपहाडी लोकमार्ग अवरोध हुँदा सर्वसाधारणलाई सास्ती

भदौ २१, पर्वत । पहिरोका कारण पर्वत जिल्लामा सडक अवरुद्ध भएको छ । कुश्मा नगरपालिका ८ चुवादेखि मोदी गाउँपालिका ६ बेतनी सम्मको १२ किलोमिटर सडकखण्डमा २० स्थानमा ठूलो पहिरो खसेको छ ।  पहिरोले सडक पुरिएको छ भने कतिपय ठाउँमा सडक नै भत्किएको छ । यसले गर्दा साविक धौलागिरीका चार जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।  यहाँका सर्वसाधारणहरु आवातजावतमा ठूलो सास्ती भइरहेको छ । सवारीसाधान नचल्दा पहिरो छिचोल्दै मानिसहरु पैदल हिँड्न थालेका छन् । सबै पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याउन करीब एक हप्ता लाग्न सक्ने अनुमान गरिएको छ । बिरामीहरुलाई अस्पतालसम्म पुर्‍याउन समस्या भइरहेको छ ।  दैनिक उपभोग्य वस्तुको आयात ठप्प छ । इन्धन आयात समेत रोकिँदा बजारमा अभाव हुँदै गएको छ । फलफूल तथा चाँडबाडमा चाहिने सामग्रीहरुको पनि बजारमा अभाव हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताए ।  तर, पहिरो खसेको मध्यपहाडी लोकमार्गको अर्को विकल्प नहुँदा बाटो बन्द रहने बेलासम्म आयात पनि बन्द नै रहने अवस्था देखिएको छ । सामग्री आयातको विकल्पको रूपमा पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा खण्डलाई प्रयोग गर्न त सकिन्छ । मध्यपहाडी लोकमार्ग हुँदै पोखराबाट पर्वत सदरमुकाम कुश्मा पुग्न बढीमा दुई घण्टा लाग्छ । तर, पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा आउने मालबहाक ट्रकलाई दुई दिन लाग्न सक्छ ।  अर्को बाटो भनेको बुटवल–गुल्मी–बडीगाड–गलकोट–बागलुङ सडक हो । यो सडक रुपन्देही जिल्लामा कालोपत्र भएको भए पनि त्यसयता भने कच्ची नै छ । वर्षा नरोकिएका कारण यो सडकबाट सामग्री ढुवानी गर्नु निकै कठिन भएको छ ।  तीजमा तरकारी र फलफूल लगायतका खाद्यवस्तुको उपयोग बढी हुने तर यही बेलामा ती वस्तुहरूको अभाव हुँदै जान थालेको कुश्माका फलफूल तथा तरकारी व्यवसायी राम पौडेल बताउँछन् । ‘२५० मा बेच्ने गरेको स्याउ ४०० मा, ६० को बन्दा १००, १५० को काउली २००, ७० को करेला १२० मा, ६० को टमाटर १०० मा बेचिएको छ,’ उनले भने, ‘गाउँबाट आउने उत्पादनलाई भाग लगाएर महँगोमा लिनु परेको छ । त्यही पनि स्थानीय उत्पादनले त एक छेउ पनि हुँदैन । सबै कुरा बाहिरबाट आउने हो, व्यापार हुने तीजकै बेलामा सामान पाइएको छैन ।’ पेट्रोलियम पदार्थ लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायीहरू बताउँछन् । ‘अझै १–२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो,’ गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएशनका सदस्य हरिबाबु सापकोटाले भने, ‘एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।’ बजारमा सामग्री अभाव हुँदै जाँदा महँगी र कालोबजारी बढ्न सक्ने भएकाले प्रशासनले यो बारेमा गोप्य अनुगमन गरिरहेको र कसैले त्यस्तो गरेको पाइएमा तुरुन्तै कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।  ‘प्रशासनले कसैलाई ग्राहक बनाएर पसलमा पठाउँछ, कालोबजारी र महँगीबारे सूचना लिएर आएपछि प्रशासनले तुरुन्तै एक्सन लिन्छ’ उनले भनिन्, ‘हामी एकतर्फी रूपमा भए पनि छिटो बाटो सञ्चालनमा ल्याउनुपर्छ भनेर लागिरहेका छौँ । पहिरोबाट पीडित बनेकाहरूलाई राहत दिनका लागि पनि व्यस्त भएका छौँ । अभावको समस्या लामो रहँदैन ।’ सडक खुलाउने प्रयास भने भइरहेको खत्रीले बताईन् । उनले सडक खुलाउन कुश्मा तर्फबाट र मोदी तर्फबाट साधानहरु परिचालन भएका छन् । ठूलो पहिरोमा बम विस्फोट गराउने तयारी रहेको प्रजिअ खत्रीले जानकारी दिइन् ।  वैकल्पिक मार्ग नभएका कारण डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी तथा फलफूल लगायतका सामग्रीहहरु लिएर आउँदै गरेका ट्याकंर तथा ट्रकहरू पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन् ।

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै २ दिन लाग्ने

बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । &ldqu

मध्यपहाडी लोकमार्ग असोजसम्ममा सम्पन्न हुने

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । केही ठाउँ बाहेक पर्वतको २४ किलोमिटर सडकको निर्माण सकिएको छ । कुश्माबजार र पातीचौर बजारमा ४ लेन र अन्य भागमा दुई लेनमा सडक विस्तार भइरहेको छ । मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोविल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम सम्पन्न भइसकेको छ । साँघुरो र ठाउँ ठाउँमा भत्किएको सडक स्तरोन्नति भएपछि सवारी सञ्चालनमा अहिले धेरै सहज भएको सवारीचालक वसन्त बास्तोलाले बताए । भूकम्प, नाकाबन्दी, कोरोना महामारीदेखि बर्खामा बाढी पहिरोको चपेटामा परेर सडकको निर्माणले गति लिन नसकेको गुनासो छ । पटकपटक म्याद थप्दै निर्माण अगाडि बढाइएको छ । सबै समस्या हुँदाहुँदै पनि अबको दुई महीनाभित्र पर्वतखण्डको सबै काम सक्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेगराज मरासिनीले बताए । पटकपटक थप गरिएको म्याद गुज्रँदै गए पनि काम भने नसकिँदा आलोचना हुँदै आएको छ । अब भने म्याद नथप्ने सोचमा रहेको आयोजना प्रमुख मरासिनीले बताए । पोखरा–बागलुङ राजमार्गको ६० किलोमिटर नै नयाँ स्वरूपमा रूपान्तरण भइरहेको छ । पर्वत खण्ड अन्तर्गतको २५ किलोमिटरमध्ये ९ किलोमिटर पूर्णरूपमा सम्पन्न भइसकेको छ । बाँकी १६ किलोमिटरमध्ये १२ किलोमिटरमा बेस बिच्छ्याइसकेको र अब ४ किलोमिटरमा दुवै काम गर्न बाँकी रहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकारी दिए । असार मसान्तमै सकिनुपर्ने काम भए पनि निरन्तरको वर्षाका कारण प्रभावित भएको र अबको २ महीनाभित्र पूरै काम सम्पन्न भएर आयोजनालाई हस्तान्तरण गरिने उनले बताए । पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको थियो । सुस्त गतिमा भएको काम, कोरोना संक्रमणले पटकपटक भएको निषेधाज्ञा लगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको हो । अब भने अधिकांश काम सकिएको र जम्मा १० प्रतिशत जति मात्र काम बाँकी रहेकाले २ महीनाभित्र पूर्णरूपमा सम्पन्न हुने आयोजना प्रमुख मरासिनीले जानकारी दिए । उनका अनुसार मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोबिल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम समेत सम्पन्न भइसकेको छ । कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भए पनि अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिएको छ । २०७५ वैशाखदेखि शुरू भएको पर्वत खण्ड विस्तारको काम गएको २०७७ सालको भदौमा सकिनुपर्ने हो । मध्य पहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोलासम्मको खण्डको काम गतवर्ष नै सकिएको छ । गत असार २२ गतेको बाढीका कारण यो खण्ड निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारूलाई बगाएर बेपत्ता बनाएपछि केही दिन काम प्रभावित भएको थियो ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अझै तीन दिन नखुल्ने

निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन् । असारको सुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनीमात्रै नभएर सर्वसाधारण, यात्रुलगायत सबैले सास्ती खेप्नुपरिरहेको छ ।सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुंगादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो अवरोध कायमै छ । दैनिकजसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना […]

मध्यपहाडी लोकमार्ग– तीन ठाउँमा पहिरो

पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँ पुलमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भएपनि नयाँ पुलको पहिरो हटाएर सडक सुचारु गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक […]

पहिरो नरोकिदा मध्यपहाडी लोकमार्ग खुलाउन समस्या

पर्वत। पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन। सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो। कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन्। सहस्रधारामा सडक बन्द