कालिकोट । लामो खडेरीले यसपटक कर्णालीका प्रायः सबै पहाडी जिल्लामा हिउँदेबालीले कुनै परिणाम नदिने देखिएको छ । अधिकांश ठाउँमा मकैपछिको मुख्य खाद्य बाली गहुँ उम्रनसमेत पाएन । खडेरीको असर जौ, गहुँ र उवा बालीमा मात्र नभई स्याउ बाली उत्पादनमा समेत पर्ने देखिएको छ । माघ लागिसक्दा पनि हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्नथालेको […]
The post खडेरीको मारमा कर्णाली: सुक्न थाले हिउँदेबाली, भोकमरी बढ्ने चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
हिउँद सकिन लाग्दासम्म हिमपात नहुँदा लेकाली डाँडाकाँडा र हिमशृंखला उराठलाग्दा भएका छन् । पुसपछि हिउँले सेताम्मे देखिने हिमाली डाँडा यसपालि फुस्रा देखिएका छन् । वर्षा र हिमपात नहुँदा सिँचाइ नपुगेर हिउँदे बाली चक्र नै प्रभावित भएको छ । हिउँखोलाका जलस्तर र पानीका मूल सुकेका छन् । नदी–खोलाको जलस्तर घट्दा विद्युत् उत्पादनसमेत प्रभावित भएको छ ।
गण्डकी : ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, ‘पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन।
गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ। हिउँ नपरे उवा, जौ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताए। हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उनको भनाइ...
जुम्ला । पुसकाे अन्तिमसम्म हिमपात नहुँदा खेतमै हिउँदेबाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर
यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् ।
“सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”, किसान याङ्डु गुरुङले भन्नुभयो ।
विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् । अन्य ससाना चुचुरा छन् ।
यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा भयो न हिमपात नै भयो । समयमै वर्षा र हिमपात हुने हो भने कृषकका स्याउ बगैंचामा प्रशस्त स्याउ फल्ने, हिउँदे बालीको उत्पादन पनि राम्रो हुन्थ्यो भने किसानमा खुसी छाउथ्यो । तर यस वर्ष माघ महिना सकिन लाग्दासमेत जिल्लामा हिमपात र वर्षा नभएकाले कृषकमा चिन्ता छाएको छ । हिमपात नहुँदा स्याउ उत्पादन र हिउँदे बाली उत्पादनमा कमी आउने भएकाले किसान चिन्तित भएका हुन्।