नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता हुने भएको छ । ‘रन फर फन’ नाराका साथ दौड प्रतियोगिता हुन लागेको हो ।
दौड छात्रा र छात्रको ५ किलोमिटर तथा संचारकर्मी र व्यवसायीहरुको २ किलोमिटरको हुनेछ । फागुन २२ गते शनिवार बिहान ७ बजेर ५ मिनेटमा सुरु हुने दौडका लागि ६ः३० बजे एलिस रिसेप्सन गैह्रीधारा पुगि सक्नुपर्नेछ
प्रतियोगितामा विजयी हुनेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाबाट पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।