काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगमा सनाखत गर्ने अन्तिम समय मंगलबार साँझ ५ बजेसम्म रहेकोमा दिउसो २ बजेसम्म ५४ जना जनप्रतिनिधिले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ । यसरी सनाखत गर्नेहरुमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट नगरप्रमुख कृष्णहरि थापासहित १२ जनप्रतिनिधि नेकपा एसमा लागेका छन् । शंखरापुर नगरपालिकाका ८ जना जनप्रतिनिधिले एमाले छोडेका छन् । उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ,