मानवअधिकार उल्लंघनका आरोपीलाई आईजीपी बनाएको आयोगका सदस्य ठाकुरको दावी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले मानव अधिकार उल्लंघनका दोषीलाई सरकारकाले नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेको आरोप लगाएका छन् । आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सदस्य ठाकुरले आईजीपी धिरजप्रताप सिंह मानवअधिकार उल्लंघनका आरोपी रहेको दावी गरे । उनले मानव अधिकार उल्लंघनका आरोपीलाई आईजीपी नियुक्त गरिनु राज्यसत्ताको दुरुपयोग हुने समेत बताएका छन् । […]

सम्बन्धित सामग्री

आयोग सदस्यको आरोप– मानवअधिकार ‘उल्लंघनकर्ता’लाई आईजीपी बनाइयो

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानवअधिकार उल्लंघनकर्ताको आरोपितलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन् । बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहमाथि मानवअधिकार उल्लंघनको आरोप रहेको बताए । उनले मानवअधिकार ‘उल्लंघनकर्ता’लाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग...

नागरिक र प्रहरीबीचको खाडल खारेज हुनुपर्छः आईजीपी खनाल

२१ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नागरिक र प्रहरीबीचमा रहेको खाडल अन्त्य हुनुपर्ने बताएका छन् । उनले कार्यस्थलमा खटिने प्रहरीसँग मानव अधिकारको ज्ञान हुनुपर्ने आवश्यकता समेत औंल्याए । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानवअधिकार शाखाले बिहीबार राजधानीमा आयोजना गरेको ‘मानव अधिकार संरक्षण र प्रबद्र्धनमा नेपाल प्रहरी’ …