काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानवअधिकार उल्लंघनकर्ताको आरोपितलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन् ।
बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहमाथि मानवअधिकार उल्लंघनको आरोप रहेको बताए । उनले मानवअधिकार ‘उल्लंघनकर्ता’लाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग...