बाबुरामको टिप्पणी : वर्ल्डकपको फाइनल र राजनीतिको खेल ‘टाइब्रेकर’ सम्मै उस्तै !

काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमबारे व्यांग्यात्मक टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बालुवाटार छोडेर बालकोट पुगेपछि अध्यक्ष भट्टराईले व्यांग्यसहितकाे टिप्पणी गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल जारी छ। ‘वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर&rs

सम्बन्धित सामग्री

माओवादीलाई साख जोगाउने अन्तिम अवसर

राजनीति सम्भावनै सम्भावनाको खेल हो भन्ने आफ्नो बहुचर्चित भनाइलाई पुनःपुष्टि गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक नेपालको ४४ औँ प्रधानमन्त्री बन्न सफल भएका छन् ।  भर्खरै सम्पन्न विश्वकप फुटबलको फाइनल खेललाई नै माथ दिने गरी नेपाली राजनीतिको रङ्गमञ्चमा रोमाञ्चक परिघटना बन्न पुग्यो पुस १० गते । त्यो दिन यू टर्न हुँदै प्रचण्ड देउवालाई गुडबाई गर्दै केपी ओलीको झोली समाउन पुगे । नेपालका राजनीतिक दलहरूले चालेका पछिल्ला आकस्मिक कदमले  राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई प्रतिगमन करार गर्दै “संविधानको रक्षा, स्थिरता र समृद्धिका...

नेपालको राजनीति विश्वकपको फाइनलजस्तै भयो : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिलाई हालै सम्पन्न विश्वकपसँग तुलना गरेका छन् । दलहरू नयाँ सरकार निर्माणका लागि रस्साकस्सी गरिरहँदा भट्टराईले विश्वकपको फाइनलजस्तै रोमाञ्चक बनेको बताएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?