संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पह