‘अख्तियारले दायर गरेका मुद्दामा सफलता प्राप्त गर्न कठिनाइ र उजुरी फस्र्योटमा समेत ढिलाइ’

पछिल्लो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षा अवधिमा भ्रष्टाचार अनुभूति सूचकांक ३४ बाट ३३ मा झरे पनि लक्ष्यअनुरूप उपलब्धि हासिल नभएको राष्ट्रिय योजना आयोगको भनाइ छ।...

सम्बन्धित सामग्री

कर छलीको उजुरीमाथि १ वर्षसम्म भएन अनुसन्धान

वीरगञ्ज । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि भन्दै एकपछि अर्को उपाय अपनाइरहँदा सरकारकै एउटा निकायमा परेको कर छलीसम्बन्धी उजुरीको सुनुवाइ हुन सकेको छैन । वीरगञ्जका एक व्यवसायीले आन्तरिक राजस्व विभागमा दिएको उजुरीमा १ वर्ष बित्न लाग्दा पनि सुनुवाइ नभएको हो । स्वदेशमा खुलेका केमिकलमा आधारित ट्वाइलेट क्लिनर, ≈यान्डवास, ग्लास क्लिनर, फ्लोर क्लिनर, भाँडा र लुगा धुने तरल तथा पाउडर उत्पादकले अन्त:शुल्क, मूल्य अभिवृद्धिकर र आयकर छलेको भन्दै गतवर्षको चैत २० मा विभागमा उजुरी दर्ता भएको थियो । वीरगञ्ज, विराटनगर, काठमाडौंलगायत स्थानमा सञ्चालनमा रहेका ३१ उद्योगको नामै किटेर उजुरी गर्दासमेत विभागले अनुसन्धान अघि नबढाएको गुनासो ती उद्यमीको छ । उद्योगहरूको नाम, स्थायी लेखा नम्बर, ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरेर उजुरी दिँदा पनि विभागले छानविन नगरेको ती उद्यमीले गुनासो गरे । विभागको स्थानीय कार्यालयमा उजुरी गर्दा सुनुवाइ नभएपछि उजुरीकर्ता विभागमा पुगेका थिए । स्वदेशमा उत्पादन हुने एचएस कोड ३४०१ र ३४०२ का ती वस्तुमा ५ प्रतिशत अन्त:शुल्क लाग्ने भए पनि सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा कर छली भइरहेको दाबी उजुरीकर्ताको छ । यस्ता उद्योगले कमसल उत्पादन बजारमा पठाएर उपभोक्तालाई ठगेको उजुरीकर्ताको दाबी छ । कर छल्ने अधिकांश उद्योगलाई आन्तरिक राजस्व विभागले छानविनको दायरामा नल्याउँदा नियमअनुसार लाग्ने कर तिरेर सञ्चालनमा रहेका उद्योगलाई प्रतिस्पर्धामा कठिनाइ भइरहेको उजुरीकर्ताको भनाइ छ ।

मानव बेचबिखनमा वीरगञ्ज नाकाको प्रयोग बढ्दो

पर्सा । पछिल्लो समय पर्साको वीरगञ्ज नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको पाइएको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने, भारतीय नागरिकसँग विवाह गराइदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न शहरमा पुर्‍याउने गरेको पाइएको छ । पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महीना अवधिमा ७३ जनाको भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । गत साउनदेखि पुस मसान्तसम्ममा भारतका विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा पर्सा प्रहरीले भारतको विभिन्न शहरबाट १११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा ८५ महिला, २२ बालिका र एकबालकको उद्धार गरिएको गिरीले बताए । आर्थिक वर्ष २०७८/७९ मा १०८ महिला, १३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकोमा १०५ महिला, १०८ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेका प्रहरीले बताएको छ । आर्थिक वर्ष २०७७/७८ मा वीरगञ्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएको उजुरी  प्रहरीमा परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्यांकमा उल्लेख छ । बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले बताए । ‘दुवै देशको ऐन प्रभावकारी नभएकाले उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने । संरक्षण नेपालका पारस प्रसादले भारतका विभिन्न संघसंस्था र प्रहरीसँग समन्वय गरी चालू आर्थिक वर्षको ६ महीनामा ३७ बालक र १८ बालिका उद्धार गरिएको जानकारी दिए । रासस