लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले सरकारले कानुन कार्यान्वयन गरेर लघुवित्त, सहकारी र मिटरब्याजी पीडितलाई न्याय दिलाउन माग गरे ।  बैठकमा सांसद अनिसा नेपालीले पीडित किसानका कुरा सरकारले सम्बोधन गर्न नसकेको भन्दै समस्या समाधानको माग गरिन् । सांसद अब्दुल खाँनले बालकुमारी घटना जस्तै मधेसमा पछिल्लो समयमा मृत्यु भएका घटनाका सन्दर्भमा पनि छानबिन गरी न्यायको माग गरे ।  सांसद अम्बिका बस्नेतले सहकारीमा बदमासी गर्नेलाई कारबाही गरेर पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरे । साथै उनले मिटरब्याजपीडित र दूधको मूल्य नपाएका किसानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।  सांसदद्वय अमृतलाल राजवंशी र अमरबहादुर थापाले लघुवित्त र मिटरब्याजपीडितका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराए ।  सांसद अमरबहादुर रायमाझीले बजेटअन्तर्गत लागू भएका योजना बजेटको कमीले कार्यान्वयनमा कठिनाइ भएको भन्दै उचित बजेट विनियोजनको व्यवस्था गर्न माग गरे ।  सांसद अमृतादेवी अग्रहरीले सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउन र विवादित मन्त्रीलाई मन्त्रीपरिषद्बाट हटाउन माग गरे । सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न र दोषीलाई कारबाहीको माग गरे ।  सांसद डा कालुराम राईले अर्थतन्त्रको आधार बैंक तथा वित्तिय संस्थाप्रति केही व्यक्ति र समूहले गरेको अराजकता नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद किरणकुमार साहले स्वास्थ्य क्षेत्र सेवाभन्दा पनि बढी व्यापारिक भएको, सरकारी सेवा झन्झटिलो भएको र शिक्षा व्यावहारिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  सांसद कुसुमदेवी थापाले दुध किसानका समस्या समाधान गर्न र किसानलाई लम्पीस्किन रोगको क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । सांसद गगनकुमार थापाले आरोपप्रत्यारोप मात्र गरेर संसद् बैठक प्रभावकारी नहुने भन्दै अख्तियारमा उजुरी परेका, सरकारी जग्गा विवादमा मुछिएका, सहकारी ठगीमा परेका, दुई वटा नागरिकता राखेकाहरुका सन्दर्भमा संसद् बैठक बाहिर अनुसन्धान गर्न माग गरे ।  सांसद गणेश पराजुलीले सरकारले प्रभावकारी काम गर्न नसकेका कारण नै सहकारी र मिटरब्याजपीडितका समस्या भएको उल्लेख गर्दै यसमा आवश्यक छानविन गरी कारबाहीको माग गरे ।  सांसद चन्दा कार्की भण्डारीले मुलुकमा पछिलो समयमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन् । रासस

सम्बन्धित सामग्री

प्रसारण लाइनको समस्या समाधान हुने

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको समस्या समाधान गर्ने सहमतिले कामले गति लिने विश्वास गरिएको छ । उर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच भएको भेटमा आयोजनाको प्रसारणलाइन निर्माणमा देखिएको समस्या समाधान गर्ने सहमति भएको थियो । आयोजनाको प्याकेज तीनअन्तर्गतको प्रसारणलाइन […]

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

काठमाडाैं । विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार […]

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ :मन्त्री राई

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, […]

‘नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ’

काठमाडौँ– विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्। राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन् । ‘हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ’, […]

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए ।देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष निरौलाले भने,“भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमिसम्बन्धी समस्या

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

दमक । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए । देशैभरि देखिएका भूमि समस्या हटाउन […]

न्यायपालिकाको समस्या समाधान कार्यपालिकाबाट: प्रचण्ड

अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए।...

भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् । ‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्...

नेटवर्कमा देखिएको समस्या समाधान भयो : टेलिकम

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जानकारी दिएको छ । आज बिहानदेखि टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको हो । कोर नेटवर्कको एचएलआर प्रणालीमा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको हो ।

अक्सिजन सिलिन्डरको समस्या समाधान – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सिलिन्डरको अभाव नभएको बताएका छन्। उनले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न विदेशबाट प्रशस्तमात्रामा सिलिन्डर ल्याएकाले समस्या समाधान भएको बताए। उनले भने, ‘विदेशबाट प्लेनमा सिलिन्डर ल्यायौं। त्यसरी ल्याउँदा प्रतिसिलिन्डर ५० हजारसम्म पर्यो।’ जसकारण अहिले नेपालमा सिलिन्डरको समस्या समाधान भएको ओलीको भनाई छ।