काठमाण्डौ – वैदेशिक रोजगारीको लागि मलेसिया तथा खाडीका देशमा जाने श्रमिकबाट म्यानपावरले पैसा असुल्ने गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको छ ।
यी देशहरुबाट कामदार माग भइ सम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक नियोगबाट माग प्रमाणीकरण हुँदाकै बखत फ्री भिसा फ्री टिकेट लगायतका अन्य सेवा शुल्क रोजगारदाताले नै व्यहोर्ने भनी उल्लेख गरेको हुन्छ । त्यसरी माग प्रमाणीकरण गरेर सम्बन्धित इजाजतपत्रवाला संस्थाले छनौटका लागि वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिन्छन् । त्यसपछि पनि राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्...