प्राकृतिक पुरैना ताल

कैलालीको कैलारी गाउँपालिका– ३ स्थित प्राकृतिक पुरैना ताल। उक्त तालको नाम हाल कमल पोखरी नामकरण गरिएको छ। तस्वीर: तिलकराज ओझा/रासस

सम्बन्धित सामग्री

मानवीय र प्राकृतिक कारणले मासिँदै सिमसार

दशक वर्षअघिसम्म भजनी नगरपालिका–७ हिम्मतपुरमा ठूलो पुरैना ताल थियो। त्यसमा सारसलगायतका दुर्लभ चराचुरुङ्गी वर्षभरि उडेका देखिन्थे। पछिल्ला वर्षमा यो तालमा अन्न उत्पादन हुने गरेको छ। २०६६ बाट अतिक्रमणको चपेटामा परेको पुरैना ताल हाल आएर खेतीयोग्य जमिनमा परिणत भएको हो। छोटो अवधिमै यो प्राकृतिक तालको अस्तित्व मेटिएको छ। त्यस्तै कैलारी गाउँपालिका–५, बैजपुरस्थित वसन्ता वन क्षेत्रमा रहेको ठूलो सिमसार हो, रखौना ताल। यो ताल आम्दानीको गतिलो स्रोत बनेको छ तर यसको प्राकृतिक अवस्था बिग्रिँदै गएको छ। माछापालन गरिरहेका ठेकेदारले हिउँदमै पानी सुकाउने गर्दछन्।