काठमाडौं : नेपाली कांग्रेस निकट श्रमिकको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन यही जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ।ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आइतबार र सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं सम्मेलन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले दुई दिन चल्ने सम्मेलनमा देशभरबाट एक हजार ६०० प्रतिनिधि सहभागी हुने जानकारी दिए