ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० मा हुने

नेपाली काँग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन काँग्रेसको बिहीबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २९ र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष एवं सम्मेलन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट एक हजार ६०० प्रतिनिधि सहभागी हुने जानकारी दिए । दुई