लकिङ पिरियडको आवश्यकता छैन

सर्वसाधारणलाई जारी गरिएको प्राथमिक शेयर निष्कासन (आईपीओ) मा आरक्षणको सुविधा पाएका म्युचुुअल फन्डले कारोबार खुल्नासाथ त्यस्तो शेयर विक्री गरेकाले शेयरबजार प्रभावित भएको भनी टिप्पणी हुन थालेपछि नेपाल धितोपत्र बोर्डले यस्तो शेयर ६ महीनासम्म विक्री गर्न नपाउने गरी लकिङ पिरियडको व्यवस्था गरेको छ ।  सामूहिक कोष नियमावली २०६७ को व्यवस्थाबमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले ६ महीना पूरा नभएसम्म विक्री तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था गरेको हो । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित सामूहिक लगानीकोषहरूले धितोपत्रको बजारको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षासहित यस्ता कोषलाई आरक्षणको व्यवस्था गरिएको हो । आरक्षणको शेयर विक्रीका लागि ६ महीना लकिङ पिरियडको व्यवस्था गरिएको बोर्डले बताएको छ । सामूहिक कोषलाई मात्र होइन, सबै खाले शेयर विक्रीमा लकिङ पिरियड राख्नु आवश्यक छैन ।  लकिङ पिरियड किन राख्नु परेको हो भन्ने स्पष्ट जवाफ पाइँदैन । तर, प्रवद्र्धकहरूले शेयरबजारबाट पैसा उठाएर आफ्नो शेयर बेची कम्पनी अलपत्र छाड्ने आशंकामा यस्तो व्यवस्था गरिएको देखिन्छ । लगानीकर्ताको हितका दृष्टिले यो ठीक मानिए पनि शेयरबजारको प्रकृतिअनुसार यसरी लगानीकर्तालाई जोगाउन जरुरी छैन । शेयरबजार भनेकै जोखिमपूर्ण लगानीको क्षेत्र हो । यस्तो जोखिम लिन नचाहनेले शेयरबजारमा लगानी गर्नु नै हुँदैन । लगानी गर्ने हो भने आफ्नो लगानी असुरक्षित छ, मुनाफा पनि सुनिश्चित छैन भन्ने बुझ्न जरुरी छ । जोखिम नचाहने हो भने बैंकमा निक्षेप जम्मा गर्न सकिन्छ वा अन्य कुनै सुरक्षित क्षेत्र भए लगानी गर्न सकिन्छ । शेयरभन्दा बढी सुरक्षित मानिने सामूहिक कोषका एकाइ खरीद पनि गर्न सकिन्छ वा अन्य उपकरणमा पनि लगानी गर्न सकिन्छ ।  तर, शेयरमा लगानी गर्दा डुबिन्छ, आफ्नो लगानी शून्य पनि हुन सक्छ, कैयौं गुणा बढ्न पनि सक्छ भन्ने ज्ञान लगानीकर्तामा हुन आवश्यक छ । नेपालमा शेयरबजार भनेको सधैं नाफा नै भइरहन्छ भन्ने सोच धेरैमा पाइन्छ । त्यही भएर बजार ओरालो लाग्नेबित्तिकै नियामक निकाय वा सरकारले लगानीकर्तालाई जोगाउन पर्‍यो भनी हारगुहार माग्ने गरेको पनि पाइन्छ । नियामक निकायले बजार स्वच्छ ढंगले सञ्चालन गराउने मात्र हो । बजारमा चलखेल हुन नदिने र विधि र प्रक्रिया पालना गराउने मात्र हो । त्यसो नगर्नेलाई कारबाही गर्ने अधिकार नियामकलाई हुन्छ । त्यसैले शेयरबजारमा जोखिम छ, डुबिन्छ भन्ने कुरा लगानीकर्तालाई बुझाउन पनि लकिङ पिरियडको व्यवस्था गरिनु हुँदैन ।  कुनै लगानीकर्ताले कुनै कम्पनीको शेयर किन्छ भने उसले त्यसमा संलग्न मान्छेको अनुहार हेरेर लगानी गर्ने होइन, कम्पनीको व्यवसाय, कम्पनीमा हुने सुशासन आदि हेरेर लगानी गर्ने हो । त्यसो हुँदा कुनै व्यक्ति शेयर बेचेर कम्पनीबाट बाहिरिँदा वा नयाँ व्यक्ति व्यवस्थापनमा आउँदा कम्पनी डुबिहाल्छ भन्ने हुँदैन । अझ राम्रो पनि हुन सक्छ । लकिङ पिरियड राख्दा यो सम्भावनालाई रोक्छ ।  कुनै कम्पनीले जारी गर्ने आईपीओमा विभिन्न समूहलाई दिइने आरक्षणको पनि विरोध हुँदै आएको छ । ऋण दिने कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषका कर्मचारी र योगदानकर्ताले समेत विगतमा आरक्षणबाट शेयर प्राप्त गरेका थिए । विरोधकै कारण अहिले त्यो रोकिएको छ । अहिले वैदेशिक रोजगारीमा जानेका लागि आरक्षणको व्यवस्था छ भने सामूहिक कोषलाई पनि आरक्षणको व्यवस्था छ । सामूहिक कोषले शेयरबजारको आपूर्ति र मागलाई सन्तुलनमा राख्छन् भन्ने अपेक्षा गर्ने हो भने तिनलाई आरक्षणको कोटा निकै बढाउनु पर्छ । त्यस्तै शेयरबजारमा ठूलो कारोबारका लागि खोलिएको स्टक डिलरलाई पनि यस्तो आरक्षण बढी दिनुपर्छ । त्यसो हुँदा उनीहरूलाई माग र आपूर्तिमा हस्तक्षेप गर्न सजिलो हुन्छ । यद्यपि यी कोषहरूले उद्देश्यअनुसार काम नगरेको आरोप भने लागेको छ ।  अत: सामूहिक कोषलाई मात्र होइन, कम्पनीका प्रवद्र्धकहरूका शेयरलाई समेत लकिङ पिरियड आवश्यक देखिँदैन । जलविद्युत् क्षेत्रमा १० वर्षसम्म प्रवद्र्धकहरूका लागि लकिङ पिरियडको प्रावधान राखिएकामा प्रवद्र्धकहरूले विरोध गरेका थिए । ३० वर्षमा आयोजना सरकारलाई सुम्पनुपर्ने र १० वर्ष शेयर लकिङमा बस्ने हो भने कसले लगानी गर्छ भनी उनीहरूले प्रश्न उठाएका थिए जसबाट सरकार पछि हट्यो । त्यसैले लकिङ पिरियड नराख्दा आउन सक्ने जोखिमबारे लगानीकर्तालाई सचेत पार्नुपर्छ र जोखिम वहन गर्न सक्नेले मात्रै यसमा लगानी गर्नुपर्छ भन्ने ज्ञान दिनु पनि आवश्यक देखिएको छ । 

सम्बन्धित सामग्री

आवश्यकता ‘डिजिटल हेल्थ’को

सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्।

अफगान बालबालिकालाई मानवीय सहायताको आवश्यकता

१२ साउन, काठमाडौं । सेभ द चिल्ड्रेनले अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको जनाएको छ । उसका अनुसार एक करोड ३० लाख अफगान नागरिकलाई मानवीय सहायताको तत्काल आवश्यकता छ । सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको […]

वाम एकता मुलुकको आवश्यकता हो : झलनाथ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्व-प्रधानमन्त्री झलनाथ खनालले वाम एकता मलुकको आवश्यकता भएको बताएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।उनले भने, 'एकता मलुकको आवश्यकता हो। तर, पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा रहेका छैनन्।'खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे।उनले भने, &

अर्थतन्त्रको पुनर्संरचना आवश्यकता

सरकारले बल्ल आयातमूलक अर्थतन्त्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरेको छ । कोरोना कहरका कारण नेपाली युवाको वैदेशिक रोजगारीमा जाने क्रम घटेका कारण तथा अन्य विविध कारणले रेमिट्यान्स आय घट्न थालेपछि सरकार, राजनीतिक दल तथा अर्थविद्हरूले नेपाली अर्थतन्त्रको पुनर्संरचनाको आवश्यकता बुझ्न थालेका हुन् । अन्यथा नेपाली युवाले पठाएको रेमिट्यान्सले धानेको अर्थतन्त्रले आयात बढ्दा पनि राम्रै राजस्व […]

महामन्त्री शर्माले भने - आवश्यकता अनुसार गठबन्धन गरौं

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका हुन् ।उनले भने, ‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ । अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा हुन्छ । गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’ बैठकमा शर्माले ०७४ को चुनावी मत परिणामको डाटा राखेका थिए ।

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन्। सुनसरीको सदरमुकाम इनरुवामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता...

आवश्यकता बमोजिम सडक तात्छ : खनाल

१२ फागुन, काठमाडौं । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् । संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।’ एमसीसीमा मिल्ने सम्भावना नरहेको उनले बताए । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा […]

लोकतन्त्र जोगाउन शत्रुको आवश्यकता

अमेरिकीहरू चुनावमा विजय हासिल गर्न राष्ट्रपतिहरूलाई शत्रुहरूको आवश्यकता हुन्छ र उनीहरू नगण्य विषयबाटै शत्रु खडा गर्छन् भन्नेमा विश्वस्त छन्  एक वर्षअघि अमेरिका एक व्यक्तिको नेतृत्वमा थियो, जसले फक्स न्युजका सञ्चालक टकर...

पूर्वमाओवादीहरू एक हुनुपर्ने आवश्यकता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरू एक हुनुपर्ने आवश्यकता रहेको बताए छ ।शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनलाई भ्रष्टिकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुपर्ने रहेको बताउनुभयो । माओवादी आन्दोलनलाई बिद्रुपिकरण र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध […]

आवश्यकता पर्‍यो भने संविधान संशोधन हुन्छ : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले अहिले संविधानको सर्वस्वीकार्यता भएको बताएका हुन् । उनले थरूहटलगायतसँग सहमति भएको पनि दाबी गरे । उनले भने, ‘संविधानको स्वीकार्यता भएको छ । आवश्यकता पर्‍यो भने संविधानको संशोधन पनि गर्नुपर्छ । त्यसलाई संविधानको अस्वीकार्यता […]